News Category 2072/05/26
प्रहरीको गोली लागि जनकपुरमा तीन तथा जलेश्वरमा दुई जनाको मृत्यु मृत्यु भएका मध्येमा एक बालक, एक महिला तथा एक रेडक्रसकर्मी
दैनिक संवाददाता
राजविराज, २५ भदौं ।
संघीयता र सिमांकनको बिरोध गर्दै २८ दिनदेखी जारि आन्दोलनका क्रममा शुक्रबार कफर््युको अवज्ञा तोड्दै गाउँबाट प्रदर्शन गर्दै आएको समूह जनकपुर प्रवेश गर्न खोज्दा प्रहरीले गोली हानेपछि शुक्रबार तीन जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा धनुषा जमुनियाका १४ वर्षीय निकु यादव, सद्भावना पार्टीका जिल्ला नेता धनुषा महेन्द्रनगरका ३५ वर्षीय सञ्जय चौधरी र धनुषा अरेरवाको दिलिप यादव रहेका छन् । तीनै जना मृतकको पुष्टि जनकपुर अञ्चल अस्पतालले गरेको छ ।
शुक्रबार दिउँसो आसपासको गाउँबाट आएको सर्वसाधारणको जुलुस जनकपुरधाममा प्रवेश गर्न लाग्दा प्रहरीले करिब ५ सय राउण्ड फायर गरेको छ । त्यस्तै साँझ पाँच बजेबाट धनुषालाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गरिएको छ ।
यसैगरि महोत्तरीको जलेश्वरमा प्रहरीको गोली लागेर एक महिलासहित दुई जनाको को मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीको गोली लागेर रेडक्रसकर्मी र राप्रपा नेपालकी नेतृको मृत्यु भएको हो ।
दिउँसो भएको झडपमा प्रहरीको गोलीबाट हगीलेक गाविस घर भएकी रामशिला मण्डलको मृत्यु भएको छ । उनी राप्रपा नेपाल महोत्तरी जिल्ला कार्यसमिति सदस्य हुन् । यस्तै प्रहरीको गोली लागेर गणेश चौधरीको मृत्यु भएको छ । उनी रेडक्रसको बज्राही शाखा सभापति हुन् ।
यसैगरि अर्की एक महिलालाई गोली लागेको छ । गोली लागेर शैलादेवी चौधरी घाइते भएकी छिन् । प्रहरीको गोली लागेर ६ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
त्यस अघि सशस्त्र प्रहरीका असईको हत्या भएको थियो । आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरीका असईको हत्या भएपछि जलेश्वर थप तनावग्रस्त बनेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ