News Category 2072/05/30
विभिन्न संघ संस्थाहरुद्वारा एक्यवद्धता
दैनिक संवाददाता
राजविराज, २९ भदौं ।
जारि मधेशी मोर्चाको आन्दोलनप्रति मंगलबार विभिन्न संघ संस्थाहरुले एक्यवद्धता जुलुस प्रदर्शन गरेका छन् ।
जारी आन्दोलनप्रति एक्यवद्धता जनाउँदै राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट मैथिली साहित्य परिषद, धर्मात्मा फिल्म प्रोडक्ट प्रा.लि., मैथिली चलचित्र कलाकार संघ सप्तरी तथा परिषदसँग आवद्ध संघ संस्थाहरुद्वारा निकालिएको एक्यवद्धता जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनआन्दोलन चौक पुगेर बिरोध सभामा परिणत भएको थियो ।
मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित सो सभामा मैथिल महासंघका केन्द्रिय अध्यक्ष विष्णु कुमार मण्डल, महिला अधिकारकर्मी आभा सेतु सिंह, संचार यात्रा नेपालकी अध्यक्ष करुणा झा, कवि सत्येन्द्रनाथ चौधरी, अधिवक्ता राजेन्द्र देव, विरेन्द्र नारायण देव लगायतका बक्ताहरुले नयाँ बन्ने संविधानमा मधेशीसँगै मिथिलाबासीहरुको समेत अधिकार सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी राज्य आतङ्ग बन्द गर, विगतका सहमति सम्झौता कार्यान्वयन गर, स्वायत्त मधेश प्रदेश सहितको आन्दोलनप्रति स्वास्थ्य क्षेत्रमा क्रियाशिल स्वास्थ्यकर्मीहरुको संयुक्त टे«ड युनियन संजाल सप्तरीद्वारा मंगलबार एक्यवद्धता सहित मौन जुलुस प्रदर्शन गरेको छ ।
सयौ स्वास्थ्यकर्मीहरुको सहभागितामा एक्यवद्धता सहितको मौन जुलुस जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीबाट सुरु भई पुनः सोही कार्यालयमा गएर समाप्त भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ