News Category 2072/05/31
मधेशी मोर्चा सप्तरीमा फोरम लोकतान्त्रिक पनि सहभागि
दैनिक संवाददाता
राजविराज, ३० भदौं ।
मधेशी मोर्चाले मोर्चा भन्दा बाहिर रहेका अन्य पार्टी, संघ, संगठनहरुलाई समेत मोर्चाको आन्दोलनमा एकजुट भई सहभागि भई दिनुहुन सबैमा अपिल गरेको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा सोे अपिल गर्दै विगतमा पटक पटक भएको मधेश आन्दोलन र त्यसमा भएका सहमति सम्झौतालाई लत्याउँदै सत्ता साझेदारी तीन दलका शिर्ष नेताहरुले आ–आप्mनो अनुकुल राज्यको पुर्नसंरचना र सिमाकंनको खाका तयार गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा राज्यले जायज माग सम्बोधन गर्नुको साटो दमन गर्ने कार्यलाई निरन्तरता दिएको जनाउँदै राजनैतिक समस्यालाई राजनैतिक तबरबाट समाधान गर्नुको सटा फौजी र दमनको माध्यमबाट दवाउन खोजिएको यस्तो दमनकारी क्रियाकलाप विरुद्ध सबै एकजुट भई आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउन अपरिहार्य ठान्दै बुधबारैदेखि मधेशी मोर्चा सप्तरीद्वारा जारी आन्दोलनमा मोर्चाको अवधारणा पत्रलाई अंगिकार गर्दै फोरम लोकतान्त्रिक पार्टी समेतको सहभागितामा आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरिएको छ ।
सत्ता, सेना, प्रहरी र बहुमतको बलमा बन्न लागेको एकतर्फी संविधानको बिरोधमा समग्र मधेशी, थारु, मुस्लिम, दलित, आदिवासी, जनजाती सबै पक्ष आन्दोलित बनेको उल्लेख गर्दै आन्दोलनलाई दमन गर्न राज्यले चलाएको दमन र नरसंहारको श्रृखलामा हालसम्म दुई अबोध बालकसहित झण्डै चार दर्जन जनताको हत्या भईसकेको छ भने सयौंको संख्यामा अपाङ्ग भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ