News Category 2072/06/03
जारि हुन लागेको संविधान मोर्चाले जलाउने पूर्व सन्ध्यामा हजारौंको सहभागितामा मसाल जुलुस
राजविराज÷नेपालको संविधान २०७२ आज (आइतबार) जारि हुँदैछ । तर, संघियता र सिमांकनको बिरोधमा आन्दोलनरत मधेशी दल, थारुहट थारुवान संघर्ष समितिलगायत अन्य पक्षहरु यसको बिरोधमा जारि गरिए लगत्तै संविधान जलाउने निर्णय गरेको छ ।
यसअघि संविधानसभाका ५ सय ३७ सभासद्ले शुक्रबार नेपालको संविधान, २०७२ मा हस्ताक्षर गर्नुभएको छ । पारित संविधानको प्रतिमा हस्ताक्षरका लागि समय तोकिएकामा संविधानसभामा हाल कायम ५९८ सभासद्मध्ये ५३७ जनाले हस्ताक्षर गर्नुभएको होे ।
गत भदौ ३० गते संविधानको विधेयकमा मतदान हुँदा कुल ५३२ सभासद् सहभागी हुनुभएकामा ५ सय ७ ले पक्षमा र २५ सभासद्ले विपक्षमा मतदान गर्नुभएको थियो ।
मतदानमा अनुपस्थित विश्वेन्द्र पासवान, लक्ष्मण राजवंशी, राज्यलक्ष्मी गोल्छा, मेघराज नेपाली (निषाद) पनि हस्ताक्षर गर्ने कार्यमा सहभागी हुनुभयो ।
यसैबीच आफूहरुको हकअधिकार संविधानमा नसमेटिएको भन्दै मधेशी मोर्चा सप्तरीले शनिबार राजविराजमा बिशाल मसाल जुलुस निकाल्दै शक्ति प्रदर्शन गरेको छ ।
मधेशी बिरोधी नेपालको संविधान २०७२ जारि हुन लागेको भन्दै पूर्व सन्ध्यामा मोर्चाका हजारौं कार्यकर्ताहरुले बिरोध स्वरुप शनिबार मसाल जुलुसमा सहभागि भएको मोर्चाले जनाएको छ ।
जिल्लाका विभिन्न गाविसका स्थानियहरु समेत सहभागि रहेको सो मसाल जुलुस स्थानिय राजरंगशालाबाट सुरु भई नगरको विभिन्न भागको परिक्रमा गर्दै जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
मोर्चाका अध्यक्ष दिनेश यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य जयप्रकाश सिंह, नेकपा (माओवादी)का केन्द्रिय सदस्य भुलाई राम, नेकपा–माओवादीका रामगमन साह, रामसपाका जिल्ला सल्लाहकार रामनरेश दास, आम मूलनिवासी मुक्ति मोर्चाका केन्द्रिय सदस्य जगजिवन राम, फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य नेत्र बिक्रम चन्द साह, तमरा अभियानका केन्द्रिय सदस्य सुरेन्द्र साह, नेपाल सद्भावना पार्टी गजेन्द्र वादीका केन्द्रिय सदस्य सावित्रि पण्डित, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्यनारायण यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झा, संघीय समाजवादी फोरम नेपालका युसुफ अलि, तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादव, तराई मधेश सद्भावना पार्टीका कपिलदेव यादवले आइतबार जारि हुन लागेको मधेश बिरोधी संविधान जारि भए लगत्तै जलाउने चेतावनी दिनुभयो ।
यसैगरि सप्तरीको बिरेन्द्रबजार, रुपनी, शम्भुनाथ, इनर्वा, बलुवा, पातो गाविस लगायतमा आज साँझ मसाल जुलुस निकालिएको छ ।
यस्तै संघीय गठबन्धन नेपालले देशव्यापीरुपमा संविधान जलाउने घोषणा गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र वैद्य नेतृत्वको ३३ दलीय मोर्चा सम्मिलित संघीय गठबन्धन नेपालले आमहडतालदेखि संविधान जलाउनेसम्मको कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
गठबन्धनले प्रतिगामी संविधानको विरुद्ध रहेका राजनीतिक तथा सामाजिक गठबन्धन र मोर्चाहरू सहभागी भई कार्यगत एकताका आधारमा संयुक्त जन आन्दोलन गर्ने, तराई मधेस र थरुहट÷थारुवानमा जारी अनिश्चितकालीन आम हड्ताल, लिम्वुवानमा असोज ३ गतेदेखि घोषित अनिश्चितकालीन आम हड्ताल र तमुवानमा असोज ४ गते हुने आम हड्ताल, राष्ट्रिय दलित मुक्ति आन्दोलनको अनिश्चितकालीन धर्ना तथा समृद्ध मधेस नागरिक अभियानद्वारा आयोजित कार्यक्रमप्रति ऐक्यबद्धता जाहेर गर्दै प्रतिगामी संविधानको घोषणा हुने २०७२ असोज ३ गतेलाई प्रतिक्रान्तिको कालो दिनको रुपमा लिई सो दिनमा कालो झण्डा सहित विरोध प्रदर्शन र आम हडताल गर्ने र असोज ४ गते देशव्यापी रूपमा जनपरिचालन गरी उक्त संविधानजलाउने निर्णय गरेको छ ।
संघिय गठबन्धन, नेपालको तर्फबाट संघीय समाजवादी फोरम, नेपाल उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टी महन्थ ठाकुर, सदभावना पार्टी राजेन्द्र महतो, तराई मधेस सदभावना पार्टी, नेपाल महेन्द्र राय यादव, थरुहट तराई पार्टी, नेपाल, भानुराम चौधरी, संघीय लिम्बुवान पार्टी, नेपाल कुमार लिङ्देन, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल कुमार राई, आदिवासी जनजाति पार्टी, नेपाल तामाङ बुद्धराज स्याङ्तान, संघीय गणतान्त्रिक जनमुक्ति पार्टी मालवर सिं थापा, मोहन बैद्य ‘किरण’, अध्यक्ष, ने.क.पा.–माओवादी तथा संयोजक, ३३ दलीय राष्ट्रिय मोर्चा, दानबहादुर विश्वकर्मा, संयोजक, राष्ट्रिय दलित मुक्ति आन्दोलन, मोहन सिंह, संयोजक, समृद्ध मधेस नागरिक अभियान सहभागि रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ