News Category 2072/06/04
कालो दिवस मनाउन १५ हजार भन्दा बढी जनसागर ओर्लिए
दैनिक संवाददाता
राजविराज, ३ असोज ।
सरकारले मधेश विरोधी संविधान घोषणा गरेको भन्दै आईतबार मधेशी मोर्चाले कालो दिनको रुपमा मनाएको छ ।
यसै क्रममा सप्तरीको सदरमुकाम राजविराजका साथै जिल्लाको अन्य विभिन्न ग्रामिण भेगहरुमा समेत आईतबार बिहानैदेखि चौक तथा सार्वजनिक स्थानहरुमा कालो झण्डा गाडेका छन ।
सरकारले मधेश विरोधी संविधान घोषणा गरेको भन्दै मधेशी मोर्चा सहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र जिल्लाको विभिन्न ग्रामिण भेगबाट कालो पट्ीसहितको १५ हजार भन्दा बढी संख्यामा मावनसागर ओर्लेपछि आईतबार राजविराज कालोमय बन्न पुगेको थियो ।
जिल्लाको सदरमुकाम बाहेक अन्य विभिन्न ग्रामिण भेगबाट हजारौको सहभागितामा मोटरसाईकल, साईकल ¥याली सहित कालो पट्ीसहित बिशाल जनसागर सडकमा ओर्लिएको थियो ।
जिल्लाको विभिन्न गाउँ टोल र बस्तीबाट १५ हजार बढीको सहभागितामा आईतबार राजविराजमा कालो पट्ी सहितको बिरोध जु्लुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो बिरोध सभामा विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, गोरगामाका जिलेबी यादव, शिव कुमार राय, सखडाका बिरेन्द्र यादव, लालापट्ीका बैजनाथ यादव बैजु, छिन्नमस्ताका विकन मियाँ, छिन्नमस्ताकै रणबिर सिंह भनिने रामबाबु यादव, लौनियाका रामभरोसी मण्डल, रामचन्द्र यादव, गोरगामाकी पारो देवी खंग, झलही फर्सैठका थापा यादव, संघिय समाजवादी फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झा सहितका बक्ताहरुले मधेश विरोधी संविधान मधेशी जनताहरुलाई मान्य नहुने बताउँदै सो संविधानको बिरोधमा कालो दिनको रुपमा मनाएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ