News Category 2072/06/04
पूर्ण प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारद्वारा मौन जुलुस
दैनिक संवाददाता
राजविराज, ३ असोज ।
पूर्ण प्रेस स्वतन्त्रता संवैधानिक सुनिश्चितता गर्न माग गर्दै आइतबार बिहान सप्तरी सदरमुकाम राजविराजमा जिल्लाका पत्रकारहरुले मौन जुलुस निकालेका छन् ।
मधेशी पत्रकार संघ, मधेशी पत्रकार समाज, राष्ट्रिय मिडिया पत्रकार संजाल, मैथिलि पत्रकार परिषद्, नेपाल प्रेस युनियन, आदिवासी जनजाती पत्रकार महासंघको संयुक्त आयोजनामा स्थानिय शिव मन्दिरको प्राङ्गनबाट निकालिएको सो जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
संविधानमा पूर्ण प्रेस स्वतन्त्रतता कायम हुनुपर्ने भन्दै यहाँका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर मौन जुलुसमा सहभागि भएका छन् ।
नगर परिक्रमा पश्चात् मौन जुलुस स्थानिय जनआन्दोलन चौकमा पुगेर सम्पन्न भएको थियो । जुलुसमा सप्तरीका वरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, शिवहरि प्रसाद भट्टराई, विष्णुकुमार मण्डल, बैधनाथ झा, जितेन्द्र खड्गा लगायत पाँच दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ