News Category 2072/06/05
तीस हजार बढी मानवसागर अगाडी उपेन्द्र र मातृकाले राजविराजमा जलाए “नेपालको संविधान २०७२”
दैनिक संवाददाता
राजविराज, ४ असोज ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र र नेकपा (माओवादी) का अध्यक्ष मातृका प्रसाद यादवले सोमबार राजविराजमा नेपालको संविधान २०७२ जलाएका छन् ।
सोमबार राजविराजमा मधेशी मोर्चा सप्तरीको आयोजनामा आयोजित बिरोध सभाका क्रममा उहाँहरु दुबैले ३० हजार बढी मानवसागर अगाडी नेपालको संविधान २०७२ जलाएका हुन् ।
बिरोध सभालाई सम्बोधन गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान जलाउनु कुनै नौलो कुरा नभएको भन्दै यसअघि पनि २०६२÷६३ मा आफूले अन्तरिम संविधान जलाएको स्मरण गराउनु भयो ।
उहाँले अहिले तराई मधेशमा मात्र नभएर हिमाल पहाड समेतमा आदिवासी, जनजाती, पछाडि पारिएका, थारु, महिला, मुश्लिमहरुले आफ्नो हक अधिकार संविधानमा सुनिश्चित नभएको भन्दै संविधान जलाइरहेको जानकारी दिनुभयो ।
अध्यक्ष यादवले पाँच नेताहरुले बनाएको संविधानमा मधेशीहरुको हकअधिकारलाई लत्याएको जिकिर गर्दै उनीहरुले आफ्नो स्वार्थ र हितका लागि मात्र हुकुमवादी संविधान बनाएको आरोप लगाउनुभयो ।
यस्तै नेकपा (माओवादी) का अध्यक्ष मातृका यादवले मधेश र मधेशीका अधिकारका लागि सम्पूर्ण आन्दोलनरत दलहरु एक हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले मधेश आफैं राष्ट्र रहेको र नेपाल बहुराष्ट्र रहेको जिकिर गर्दै अबको आन्दोलनबाट मधेशको हकअधिकार सुनिश्चित नभए अखण्ड मधेशको आन्दोलन सुरु गर्ने चेतावनी समेत दिनुभयो ।
उहाँले आन्दोलनकै क्रममा महोत्तरी जिल्लामा प्रहरी प्रशासनको डर त्रासका कारण स्थानियहरु छिमेकी मुलुक भारतमा शरण लिन पुगेको बताउँदै उनीहरुको शान्ति सुरक्षाका लागि अन्तराष्ट्रिय मानवअधिकारवादीसँग पहल गर्न अनुरोध समेत गर्नुभयो ।
त्यसैगरि सो बिरोध सभामा संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादवले अब मधेशी जनताहरुले मधेश स्वायत्त प्रदेश नलिएसम्म अधिकारको यो आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
उहाँले मधेशी जनतामाथिको दमन बन्द नभएसम्म तथा मधेश स्वायत्त प्रदेश नदिएसम्म आन्दोलन नरोकिने उद्घोष गर्दै उपाध्यक्ष यादवले मधेशी जनताको मुक्तीको लडाई अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
मधेशी मोर्चा सप्तरीका संयोजक अध्यक्ष दिनेश यादवको अध्यक्षतामा आयोजित सो सभामा सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष नवलकिशोर साह, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारी, तमलोपाका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य जय प्रकाश सिंह, तराई मधेश राष्ट्रिय अभियानका प्रवक्ता बलराम यादव, सुरेन्द्र साह, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्य नारायण यादव, फोरम गणतान्त्रिकका अध्यक्ष नरेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, नेकपा माओवादीका जिल्ला सेकेट्ररी भुलाई राम, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव लगायतका बक्ताहरुले अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
यसअघि मधेशी मोर्चाले सोमबार राजविराजमा आयोजना गरेको मधेश बिरोधी संविधान जलाउँने कार्यक्रममा जिल्लाको विभिन्न गाविसबाट हजारौको सहभागिता रहेको थियो ।
राजविराजमा त्यतिको ठूलो मात्रामा मानवसागर ओर्लिएको यो नै जिल्लाको सम्भवत पहिलो हो । स्थािनय गजेन्द्र चौकमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागिहरु अटाउन पनि हम्मे हम्मे परेको थियो । चौकको चारै छेउमा रहेको सडकहरु भरिएको थियो । कार्यक्रम सुरु भएपछि पनि विभिन्न गाविसहरुबाट जुलुस आउने क्रम जारि नै रहेको थियो ।
यसअघि शनिबार मसाल जुलुस र आइतबार कालो दिवस मनाउन पनि १० औं हजारको संख्यामा राजविराजमा मानवसागर ओर्लिएको थियो ।
संविधान जलाउने कार्यक्रममा सोमबार सप्तरी सदरमुकाम राजविराजमा जिल्लाको विभिन्न गाविसबाट हजारौ सर्वसाधारणहरु बस, टयाक्टर, मोटरसाईकल, साईकल, पैदल यात्रा सहित प्रधानमन्त्री शुशिल कोईराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डको पुत्ला सहित विशाल जुलुस प्रदर्शन गरेको थियो ।
सरकारद्वारा घोषणा गरीएको मधेशी बिरोधी संविधान जलाउने कार्यक्रममा सहभागि हुन सोमबार जिल्लाको नर्घो, झुटकी, राजविराज नगरपालिका १० डुमरी शिवथान, झुटकी, कदमाहा, कंचनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमानगर, पत्थरगाडा, बरही बिरपुर, ईटहरी विष्णुपुरको गोरगामा रंजितपुर, बनरझुला, इनर्वा, योगिनिया, रम्पुरा मल्हनिया सहित विभिन्न स्थानबाट हजारौ सर्वसाधारणहरु सहभागि भएको मधेशी मोर्चा सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ