News Category 2072/06/06
कुटिएका प्रहरी जवान सम्पर्क बिहीन “जय मधेश” भनेको भन्दै सहकर्मीबाटै कुटिएका थिए जवान यादव
दैनिक संवाददाता
राजविराज, ५ असोज ।
इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत एक प्रहरी जवान सम्पर्क बिहीन छन् । संविधान आएको खुशियालीमा दिपावली मनाउन नमानेपछि उनलाई अन्य प्रहरीहरुले कुटपिट तथा मानसिक यातना दिनथालेपछि रामचन्द्र यादव प्रहरी चौकी छोडेर सम्पर्क बिहीन छन् ।
ईलाका प्रहरी कार्यालय भारदहमा कार्यरत प्रहरी जवान रामचन्द्र यादवलाई विगत दुई दिनदेखि नेपालको संविधान २०७२ जारी भए लगत्तै अन्य प्रहरीहरुले दिवापली मनाउन दवाव दिदै कुटपिट समेत गरी मानसिक यातना दिएपछि उनी डियुटी छाडेर सम्पर्क बिहीन भएका हुन् ।
स्थानियका अनुसार ड्यटीमा भएको बेला सोमबार भारदह बजारमा केही व्यक्तिहरुले जय मधेश भनेर नारा लगाएपछि प्रहरी जवान यादवले पनि जय मधेशको नारा लगाएका थिए, तर ड्युटीमा रहेको अन्य प्रहरीले जय मधेश किन भनिस् भन्दै त्यही कुटपिट गरेपछि स्थानीयहरुले उनलाई जोगाएका थिए । भारदह प्रहरीका इन्चार्ज सुरेन्द्र खेरवार समेतले प्रहरी जवान यादवलाई समात्ने खोज्ने क्रममा स्थानियले ढुंगामुढा गरेपछि सई खेरवार कार्यालय फर्केका थिए ।
सोमबारदेखी नै प्रहरी जवान यादवको खोततलास जारि राखे पनि मंगलबार साझ सम्म उनी सम्पर्क बिहीन नै छन् । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी शिशिर कुमार कर्माचार्यले यादव ड्यूटीको समयमा अत्यधिक रक्सी पिएको र उनलाई मेडिकल गराउन लग्ने क्रममा भागेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ