News Category 2072/06/07
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक सम्पन्न जारि आन्दोलन अझ शसक्त गर्ने मोर्चाको निर्णय
दैनिक संवाददाता
राजविराज, ६ असोज ।
मंगलबार अबेर रातीबाट राजविराजमा सुरु भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बुधबार सम्पन्न बैठकले जारि आन्दोलनलाई यथावत राखि अझ शसक्त रुपमा आन्दोलन परिचालन गर्ने निर्णय गरेको छ ।
बैठक सम्पन्नपछि बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जारि आन्दोलनलाई यथावत राख्दै सात बुँदे निर्णयहरु सार्वजनिक गर्नु भएको हो ।
सार्वजनिक गरिएको निर्णय अनुसार आन्दोलनलाई अझ बढी प्रभावकारी र सशक्त पार्दै निरन्तर जारी राख्ने, शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई निरन्तरता दिने क्रममा गाउँ, नगर र जिल्लास्थित सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु, भन्सार नाका आदी बन्द गराउने र राजमार्ग केन्द्रीत आन्दोलनलाई प्रभावकारी ढंगले परिचालन गर्ने जनाइएको छ ।
यस्तै मेची महाकाली (हुलाकी लोकमार्ग) मा मानव श्रंखला निर्माण गरी हातेमालो कार्यक्रम गर्ने, सरकारले निहत्था जनतालाई टाउको र छातीमा गोली हानी हत्या गरी मानव अधिकारको हनन गर्नुका साथै मानवताविरोधी अपराध तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने अपराध गरेको हुँदा सो सम्बन्धमा सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा समेत मुद्दा दायर गर्ने, मोर्चा मुस्लिम समुदायको महान चाँड कुर्बानी ईद (ईदुल–अजहा) को उपलक्ष्यमा वहाँहरुको शान्ति र समृद्धिको शुभकामना ब्यक्त गरिएको छ ।
यसैगरि मोर्चा र थरुहट÷थारुवान संघर्ष समिति एवम् मुस्लिम संघर्ष समिति लगायतसँग भईरहेको सहकार्यलाई अगाडि बढाउँदै यसका अतिरिक्त मोर्चासँग समान मुद्दा भएका दल, संगठन र संघसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्नका लागि मोर्चाको चार सदस्यीय सचिवालय सदस्य गठन गरेको छ ।
सो सचिवालयको सदस्यहरुमा क्रमशः राजेन्द्र प्रसाद श्रेष्ठ, गोविन्द चौधरी, मनिष कुमार सुमन र राम नरेश राय यादव रहनु भएको छ । त्यस्तै २०७२ असोज ५ गते सुनसरीको इनरुवामा केही ब्यक्तिहरुले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय झण्डा जलाउने कार्य गरेको हुँदा सो कार्यको मोर्चा घोर भत्र्सना एवम् निन्दा गरिएको छ ।
सोही पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संविधान सभालाई तीन दलका केही नेताहरुले आफ्नो स्वार्थ सिद्ध गर्नका लागी मात्र उपयोग गरी मधेशी, आदिवासी जनजाती, दलित, थारु, मुस्लिम, पिछडावर्ग लगायतका समुदायहरुको अधिकार, पहिचान र समावेशीतावाट वञ्चित पारी नेपालको संविधान २०७२ जारी गरेको आरोप लगाउनुभयो ।
उहाँले उक्त संविधानले मधेश आन्दोलनका दौरान भएको २२ वुंदे र ८ वुंदे सम्झौता, आदिवासी जनजाती, थारु लगायतसँग भएको सम्झौता, अन्तरिम संविधान २०६३ र विगतको संविधान सभामा भएको सहमति समेतलाई उल्लंघन गरी प्राप्त अधिकारलाई समेत खोसेको हुदाँ उक्त संविधानले मुलुकलाई प्रतिगमनतर्फ धकेल्दै संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीता तथा धर्मनिरपेक्षतालाई नै धरापमा पारेको ठहर गरेको छ ।
पत्रकार सम्मेलनमा विगतमा भएका सम्झौता र सहमतिका आधारमा संविधान निर्माण गराउन जारी रहेको शान्तिपूर्ण एवं अहिंसात्मक मधेश आन्दोलनमाथि सरकारले आफ्नो फासीवादी चरित्र प्रदर्शन गर्दै नेपाली सेना, सशस्त्र सुरक्षा बल, प्रहरी लगायतका शक्तिहरुको बलमा हिंसा, हत्या तथा दमन गरिरहेको आरोप लगाउँदै सो कार्यको मोर्चाले घोर भत्र्सना गरेको छ ।
साथै आन्दोलनमा सहयोग गरिरहनु हुने सम्पूर्ण बुद्धिजीवि, ब्यापारी, ब्यवसायी, पत्रकार, मानवअधिकारकर्मी, शिक्षक, कर्मचारी लगायत आम जनतालाई हार्दिक धन्यवाद दिंदै भविष्यमा पनि यस्तै सहयोग निरन्तर कायम नै राखी रहने समेत अनुरोध समेत गरिएको छ ।
सम्पन्न बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, उपाध्यक्ष नवलकिशोर साह, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष ह्देश त्रिपाठी र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र महासचिव रामकुमार मण्डल गरि ८ जना सहभागि रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ