News Category 2072/06/09
शिक्षा पत्रकारिता पुरस्कार घोषणा सप्तरीबाट पासवान र यादवलाई
दैनिक संवाददाता
काठमाडौ, ८ असोज ।
नेपाल पत्रकार महासंघ र शिक्षा विभागले प्रदान गर्ने ’राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७१’ शिक्षा क्षेत्रमा कलम चलाउने तीन जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
’शिक्षा लेखनवृत्ति २०७१’ पुरस्कार पूर्वाञ्चलबाट भोलाकुमार पासवान (नागरिक दैनिक, सप्तरी) र वैद्यनाथ यादव (सप्तरी जागरण साप्ताहिक, सप्तरी) लाई समेत प्रदान गरिएको छ ।
यस्तै महासंघ र विभागको संयुक्त छनोट समितिले पत्रकारहरुले कान्तिपुर दैनिकका जनक नेपाल (बाँके), कान्तिपुर टेलिभिजनका नारायण किलम्बू (भक्तपुर) र शिक्षक मासिकका बाबुराम विश्वकर्मा (काठमाडौं) लाई उक्त पुरस्कार प्रदान गर्ने सिफारिस गरेको छ । ७५ हजार राशीको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार ३ जनाले संयुक्त रुपमा पाएका हुन् ।
महासंघले शुक्रबार जारी गरेको विज्ञप्ती अनुसार पाँच विकास क्षेत्र र उपत्यकाबाट गरी ६ जना पत्रकारलाई दिइनुपर्ने २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार पनि संयुक्त रुपमै प्रदान गरिने भएको छ ।
पूर्वाञ्चलबाट जयकृष्ण यादव (गोरखापत्र दैनिक, सुनसरी) र छेटु शेर्पा (अन्नपूर्ण पोष्ट दैनिक, संखुवासभा), मध्यमाञ्चलबाट फणि महत (अन्नपूर्ण पोष्ट, रौतहट) र रामेश्वर कार्की (नागरिक दैनिक, धादिङ), उपत्यकाबाट कोकिला खड्का केसी (दि हिमालयन टाइम्स, काठमाडौं) र रोशन क्षेत्री गाउँले (एजुकेशन पेजेज, काठमाडौं), पश्चिमाञ्चलबाट गगनशीला खड्का (नयाँपत्रिका, गुल्मी) र शोभाखर पन्थी (दैनिकपत्र, अर्घाखाँची), मध्यपश्चिमाञ्चलबाट धनबीर दाहाल (नेपाल समाचारपत्र, रुकुम) र राजेन्द्र नाथ (कान्तिपुर दैनिक, बाँके) गरी ५ क्षेत्रलाई सुयक्त रूपमा प्रदान गरिनेछ भने सुदूरपश्चिमाञ्चलबाट निमेन्द्र शाही (राजधानी दैनिक, बाजुरा) लाई प्रदान गर्ने निर्णय भएको छ ।
बैठकले उपत्यकासहित ६ क्षेत्रका २÷२ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ’शिक्षा लेखनवृत्ति २०७१’ पूर्वाञ्चलबाट भोलाकुमार पासवान (नागरिक दैनिक, सप्तरी) र वैद्यनाथ यादव (सप्तरी जागरण साप्ताहिक, सप्तरी), मध्यमाञ्चलबाट राजकुमार गोले (नयाँ पत्रिका दैनिक, काभ्रे), नरेन्द्र सापकोटा (गोरखापत्र दैनिक, मकवानपुर) र मन्दिरा थापा (नेपाल टेलिभिजन, दोलखा) लाई प्रदान गरिनेछ भने उपत्यकाबाट संयुक्त रुपमा वीरेन्द्र ओली (कारोबार दैनिक, काठमाडौं), पार्वता चौधरी (कान्तिपुर एफएम, ललितपुर) र सइन्द्र राई (हिमालखवर पत्रिका, काठमाडौं) लाई प्रदान गरिनेछ । त्यस्तै सयुक्तरूपमै पश्चिमाञ्चलबाट नवीनराज कुइकेल (गोरखापत्र, लम्जुङ), कृष्ण खनाल (बुटवल टुडे दैनिक, रुपन्देही) र गोपीराम ज्ञवाली (गोरखापत्र नवलपरासी), मध्यपश्चिमबाट अर्जुन ओली (नागरिक दैनिक, बाँके) र हेमन्त केसी (रासस, जाजरकोट) लाई प्रदान गरिएको छ भने सुदूरपश्चिमबाट मोहन विष्ट (रासस, कञ्चनपुर) र रामबहादुर कुँवर (नागरिक दैनिक, अछाम) प्रदान गर्ने भएको छ ।
त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ’संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७१’ तर्फ पुर्वाञ्चलबाट गणतन्त्र एफएम ९५.१ मेघाहर्ज (सुनसरी) मध्यमाञ्चल (रेडियो सिन्धुलीगढी ९२ मेघाहर्ज (सिन्धुली), उपत्यका( मेरो एफएम ९३.५ (काठमाडौं), पश्चिमाञ्चल (रेडियो शालिग्राम १००.६ मेघाहर्ज (पर्वत), मध्यपश्चिमाञ्चल (थारुभाषी एफएम गुर्वावा (बर्दिया) र सुदूरपश्चिमबाट संयुक्त रुपमा टीकापुर एफएम १०१ मेघाहर्ज (कैलाली) र नयाँ नेपाल १०४.५ मेघाहर्ज (दार्चुला) लाई प्रदान गरिएको छ । रु. २०००० ।– राशीको यो पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित समितिले गरेको सिफारिस बमोजिम नतिजा सार्वजनिक गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ