News Category 2072/06/10
नाका कब्जा गर्दै तीन शिर्ष दलका नेतालाई फाँसी सभासद् यादवको पुतला दहन र मण्डललाई प्रवेश निषेध
राजविराज÷आन्दोलनकारीहरुले सप्तरीको तिलाठी गाविसस्थित बेल्ही भन्सार नाका शनिबार कब्जा गर्दै तीन शिर्ष दलका नेतालाई फाँसी तथा एक सभासद्को पुतला दहन र अर्कालाई क्षेत्र निकाला गरेका छन् ।
स्थानीय तिलाठी गाविसका नागेन्द्र झाको अध्यक्षतामा कब्जा गरिएको मोर्चाका दिनेश यादव, विवश बिद्रोही, निरज मुक्ति, नेकपा माओवादीका जय प्रकाश यादव, रमेश यादव, अमर दास, जगदिश यादव, शिव शंकर यादव, जितेन्द्र माझी, नवनित झा, जागेश्वर राय, अमरनाथ मण्डल, सतिश सिंह, कृपानन्द झा, हरी मण्डल, राम नारायण यादव, चित नारायण यादव, रमेश सिंह, विद्यानन्द चौधरी, बिजय यादव, अविनाश मिश्रा लगायतका बक्ताहरुले अधिकार प्राप्तिको यो लडाई अन्तिम लडाई रहेको भन्दै अधिकार प्राप्त नभएसम्म जारी हरने बताउनुभयो ।
यसैबीच आन्दोलनकारीहरुले प्रधानमन्त्री शुशिल कोईराला, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली तथा सप्तरी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवको समेत पुतला दहन गरेका छन ।
यसैगरि शिर्ष दलका नेताहरुको शनिबार सप्तरीको बभनगामाकटी गाविस १, २ र ३ तोपा बजारमा फाँसी सहितको पुतला दहन गरिएका छ ।
मधेशी मोर्चा तथा स्थानीयबासीहरुको सहभागितामा तोपा बजारमा शनिबार प्रधानमन्त्री शुशिल कोईराला, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बामदेव गौतमको पुतला बनाई तोपा बजारको बिचमा झुण्ड्याएका थिए ।
केपी ओली मुर्दावाद, सभासद अशोक मण्डल सप्तरी छोड लगायतका नाराका साथ सयौको सहभागितामा तोपा बजारमा शिर्ष चार नेतालाई जनताको अदालतमा फाँसी दिनुका साथै सप्तरी क्षेत्र न. २ का सभासद अशोक मण्डललाई क्षेत्र प्रवेशमा निषेध गरिएको मधेशी मोर्चाका स्थानीय संयोजक सत्य नारायण यादवले जानकारी दिुनयभो ।
स्थानीय तोपा बजारमा देवन सदाको अध्यक्षतामा आयोजित बिरोध सभामा हरेराम मण्डल, सुर्य नारायण मण्डल, नेपाल सदभावना पार्टीका नेता चन्द्रेश्वर झा, शिव कुमार मण्डल, जोगी मण्डल, हरी नारायण मण्डल, राम विलास यादव, सफिद मन्सुरी, शिव नारायण मण्डल, सिंहेश्वर दास, राम नारायण यादव सहितका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने उदघोष गर्नुभयो ।
त्यसैगरी सप्तरीको मलेकपुर गाविसस्थित खुरहुरिया चौकमा समेत जनताको अदालतमा शिर्ष चार नेताको पुतला बनाई फाँसी दिइएको छ ।
मधेशी मोर्चा खुरहुरियाको आयोजनामा प्रधानमन्त्री शुशिल कोईराला, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बामदेव गौतमको पुतलालई फाँसी दिएका हुन ।
फाँसी पश्चात् आयोजित बिरोध सभामा सदभावना पार्टीका युवा मंचका केन्द्रिय सदस्य जय नारायण यादव, शिक्षक महि नारायण यादव, प्रेम नारायण यादवले मधेश विरोधी शिर्ष चार नेताहरुलाई मधेशी जनताले यसरी फाँसी दिएर आप्mनो अधिकार सुनिश्चितता गराउने उदघोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ