News Category 2072/06/10
आन्दोलन राजमार्ग र नाका ठप्प पार्नेतर्फ केन्द्रित
राजविराज÷संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारि आन्दोलनलाई अझ शसक्त रुपमा परिचालन गर्नुका साथै आन्दोलन राजमार्ग र नाका ठप्प पार्नेतर्फ केन्द्रित गर्ने निर्णय गरेको छ ।
मंगलबार र बुधबार राजविराजमा मोर्चाको सम्पन्न बैठकले आयोजित पत्रकार सम्मेलनमा मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जारि आन्दोलनलाई यथावत राख्दै अझ सशक्त राख्ने निर्णय गरेको हो ।
सोही पत्रकार सम्मेलनमा मोर्चाले सात बुँदे निर्णयहरु समेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको निर्णय अनुसार आन्दोलनलाई अझ बढी प्रभावकारी र सशक्त पार्दै निरन्तर जारी राख्दै गाउँ, नगर र जिल्लास्थित सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु, भन्सार नाका आदी बन्द गराउने र राजमार्ग केन्द्रीत आन्दोलनलाई प्रभावकारी ढंगले परिचालन गर्ने जनाएको छ ।
यसैगरि मोर्चा र थरुहट÷थारुवान संघर्ष समिति एवम् मुस्लिम संघर्ष समिति लगायतसँग भईरहेको सहकार्यलाई अगाडि बढाउँदै यसका अतिरिक्त मोर्चासँग समान मुद्दा भएका दल, संगठन र संघसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्नका लागि मोर्चाको चार सदस्यीय सचिवालय समेत गठन गरेको छ । सो सचिवालयमा राजेन्द्र प्रसाद श्रेष्ठ, गोविन्द चौधरी, मनिष कुमार सुमन र राम नरेश राय यादव रहनु भएको छ ।
त्यस्तै २०७२ असोज ५ गते सुनसरीको इनरुवामा केही ब्यक्तिहरुले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय झण्डा जलाउने कार्य गरेको हुँदा सो कार्यको मोर्चा घोर भत्र्सना एवम् निन्दा गरिएको छ । यस्तै मेची महाकाली (हुलाकी लोकमार्ग) मा मानव श्रंखला निर्माण गरी हातेमालो कार्यक्रम गर्ने, सरकारले निहत्था जनतालाई टाउको र छातीमा गोली हानी हत्या गरी मानव अधिकारको हनन गर्नुका साथै मानवताविरोधी अपराध तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने अपराध गरेको हुँदा सो सम्बन्धमा सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा समेत मुद्दा दायर गर्ने, मोर्चा मुस्लिम समुदायको महान चाँड कुर्बानी ईद (ईदुल–अजहा) को उपलक्ष्यमा वहाँहरुको शान्ति र समृद्धिको शुभकामना ब्यक्त गरिएको छ ।
पत्रकार सम्मेलनमा विगतमा भएका सम्झौता र सहमतिका आधारमा संविधान निर्माण गराउन जारी रहेको शान्तिपूर्ण एवं अहिंसात्मक मधेश आन्दोलनमाथि सरकारले आफ्नो फासीवादी चरित्र प्रदर्शन गर्दै नेपाली सेना, सशस्त्र सुरक्षा बल, प्रहरी लगायतका शक्तिहरुको बलमा हिंसा, हत्या तथा दमन गरिरहेको आरोप लगाउँदै सो कार्यको मोर्चाले घोर भत्र्सना समेत गरेको छ ।
सम्पन्न बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, उपाध्यक्ष नवलकिशोर साह, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष ह्देश त्रिपाठी र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र महासचिव रामकुमार मण्डल गरि ८ जना सहभागि रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ