News Category 2072/06/15
सप्तरीको छुट्टाछुट्टै घटनामा परी एकै दिन पाँचको मृत्यु
दैनिक संवाददाता
राजविराज, १४ असोज ।
सप्तरीको विभिन्न छुटाछुटै स्थानमा बिहिबार भएको घटनामा पाँच जनाको मृत्यु भएको छ ।
जिल्लाको सप्तरी कन्चनरुप नगरपालिका वडा नं. ४ बस्ने बिष्णु खंगको ३ वर्षिय छोरा आकास खंग र सोही ठाउँका दुःखीलाल खंगको २ वर्षिय छोरा रामहरि खंगको घरबाट नजिकै रहेको त्रियुगा नदिमा खेल्दै जाने क्रममा डुबेर घाईते भएका थिए ।
घाईते भई दुबैलाई उपचारको लागी धर्मेश्वर अस्पताल ठेलियामा लगिएकोमा आकासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ त्यस्तै डुबेर घाईते रामहरिलाई थप उपचारको लागी धरान घोपा पठाईएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सप्तरीको सप्तकोशी नगरपालिका वडा नंं. ६ बस्ने ३५ बर्षिय सन्तलाल चौधरीको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ । चौधरी गत्त असोज ८ गते घरबाट टाढा रहेको धानको खेतमा धान रुग्न गएकोमा सोही दिनबाट बेपत्ता भएको तथा बिहिबार दिउँसो त्रियुगा नदिको किनारामा वेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव सडी गलेको अवस्थामा फेला परेकोे तथा उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
यसैगरी सप्तरीको नर्घो गाविस २, बस्ने पानालाल यादवको छोरी २१ वर्षीय रेणु कुमारी यादव माईती घरको दलिनमा सलको पासो लगाई झुण्डी आत्महत्या गरेकी छिन । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सप्तरीकै मधुपट्टी गाविस ६ स्थित कदमाहा गाईघाट सडक खण्डमा सोही ठाउँका ५० वर्षीय असर्फि पासवानको साईकलमा आउदै गरेको अवस्थामा साईकलबाट लडेर मृत्यु भएको छ । प्रचण्ड गर्मीका कारण अचानक लडेर पासवानको मृत्यु भएको प्रहरीको अनुमान रहको छ । यसैबिच मृतकको शवलाई पोष्टमार्टमका लागि लहानस्थित रामप्रसाद उमादेवी स्मारक अस्पताल लगिएको तथा घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्लाको पकरी गाविसमा बिहिबार बिहान रुखमा झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा सप्तरीको पकरी गाविस २ निवासी श्यामकुमार सरदारकी ४० वर्षीया श्रीमती कमलीदेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कमलीले आत्महत्या गर्नुको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ