News Category 2072/06/15
जनकपुरमा ८ वटा शव भेटिए
दैनिक संवाददाता
जनकपुर, १४ असोज ।
जनकपुरमा बिहीबार ८ वटा शव भेटिएका छ । रिक्साबाट गाड्न लगिएको ती शवहरु मानव साङ्लो कार्यक्रममा सहभागि हुन गएकाहरुलाई भेटेको हो ।
जनकपुर उपमहानगरपालिका २२ स्थिात विस्पिट्टीको हुलाकी सडकको दक्षिणी छेउमा जनकपुरमा सरसफाई गर्ने मेस्तर अक्षय डुम, रिक्साबाला श्याम सहनी र अन्य एक जनागरी तीन जना पोलोथिन र त्रिपालमा वेरेको सडेको तीन वटा शव स्थानीयले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।
खोजविन गर्दा सोही ठाउँको खोल्सीमा अन्य गाडिएको शवहरु र मानवकंकालहरु समेत फेला परेपछि सनसनी फैलिएको छ ।
यता जनकपुर अंचल अस्पतालका मेसु संजय ठाकुरले सो शवहरु गएको असोज १० गते धनुषाको क्षिरेश्वर नगरपालिका ९ महेन्द्रनगरमा फेला परेको अन्दाजी ६५ वर्षीय एक महिलाको वेवारिसे शव, गएको १२ गते जनकपुर उपमहानगरपालिका १ स्थित फेलापरेको एक ६० वर्षीय वृद्धको शव र धनुषाको वफैमा ९ गते फेला परेको अन्दाजी ७० वर्षका वृद्धको शव जिल्ला प्रहरी कार्यालय धनुषाले अस्पतालमा पोष्र्टमाटमका लागि जिम्मा लगाएको बताउनुभयो ।
एक साता अघि पनि अंचल अस्पतालले केहि शवहरु व्यवस्थापनको लागि पठाएको जनाएको छ । सो स्थानमा शव जलाउने र व्यवस्थापन गर्ने असमसानघाट रहेको छ । अन्य शवको विषयमा छानविन भईहेको छ ।
बेबारिसे शवहरुलाई पोष्टमार्टम गरी अस्पतालले जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले शव व्यवस्थापनको नगरपालिका कार्यालयलाई पत्र काटेपछि सो शव व्यवस्थापनको लागि मेस्तरलाई जिम्मा दिएको जानकारी प्राप्त भएको छ । तर, अरु गाडिएको शवहरु एउटै खाल्डोमा दुई वटाभन्दा बढी फेलापरेकोले विभिन्न संका उपशंका छाएको छ ।
सो ठाउँमा अहिलेसम्म अन्य पाँच गरी ८ वटा शव फेला परेको छ । मानवअधिकारकर्मी, पत्रकार एवं स्थानीयहरुको शव उत्खन्न कार्य जारी छ । अन्य खाल्डोहररुमा पुरिएको शव उत्खनन गर्ने कार्य जारी छ । त्यहाँ मानवकंकालहरु र मानवको ८ भन्दा बढी खप्परहरु भेटिएको छ । अन्य व्यक्तिहरुको शव कहाँको छ भनेर अनुसन्धान शुरु भएको छ ।
शव भेटिए लगतै शनशनी फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझै पत्रकार जिल्लाको विभिन्न स्थााबाट फेला परेको तीन बेबारिसे शव पोष्टमार्टम पश्चात व्यवस्थापनको लागि सो स्थानमा लगिएको जनाएको छ । त्यस्तै केहि साता अघि पनि तीन वटा बेवारिशे शव सोही स्थानमा व्यवस्थापन गरेको प्रहरी उपरीक्षक गणेश बहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यता गत भदौ २५ गते जनकपुरमा कर्फयु लागेको बेला आन्दोलनको क्रममा वेपता भएका जनकपुर उपमहानगरपालिका १२ हनुमाननगरका १७ वर्षीय मनोज यादवका परिवार शोकमा डुवेका छन् । रामसागर यादवका छोरा मनोज आन्दोलनको क्रमा वेपत्ता भएको १९ दिनभएपनि नभेटिएकाले शव भेटेपछि उनका दिदी जिवछीदेवी अचेत परेकी छन् । त्यस्तै धनुषा घोडघासका नगिन्द्र सहनीका १४ वर्षीय छोरा वर्षका पुन्देव गएको चैत्रमा वेपता भएका थिए । अहिलेसम्म कतै नभेटिएको र शव भेट्न थालेपछि उनका बुबा नगिन्द्र सहनी पनि चिन्तामा परेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ