News Category 2072/06/16
पत्रकार महासंघका अध्यक्षमाथी अविश्वासको प्रस्ताव दर्ता
दैनिक संवाददाता
राजविराज, १५ असोज ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष प्रकाश खतिवडामाथि शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
महासंघका सल्लाहकार जितेन्द्र खड्गा लगायतले महासंघका सचिव ओमप्रकाश साहलाई ६४ जना सदस्यहरुको हस्ताक्षर र बिषेश सधारण सभाको मागसहित पत्र बुझाउनुभयो ।
शाखा अध्यक्ष प्रकाश खतिवडा निर्वाचित भईसकेपनि नेकपा एमालेका जिल्ला कमिटीको सदस्य पदबाट राजिनामा नदिई डेढ बर्ष भन्दा बढी समय कामकाज गरेको, महासंघमा ब्यापक आर्थिक अनियमितता गरेको, जारि मधेस आन्दोलनमा पत्रकारहरु प्रताडित भईरहदा पनि कुनै भुमिका नखेलेको, कमिकमजोरी सुधारर्न पूर्व सभापतिहरुले पटक पटक निर्देशन तथा सुझाव दिदा समेत अटेर गर्दै पूर्व सभापतिहरुको समेत मानमर्दन गरेको जस्ता कारणले बाध्य भई अविश्वास प्रस्ताव दर्ता गराउनु परेको सल्लाहकार खड्गाले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा कायम सदस्य संख्या ९६ मध्ये दुई जना रामनारायण यादव र अम्बिका दहाल बैदेशिक रोजगारको क्रममा बिदेसिएका छन् भने बाँकी रहेका मध्येबाट ६४ जनाले संयुक्त हस्ताक्षर गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले बिगत ६ महिनादेखि महासंघमा देखिएका कतिपय बिकृती, आर्थिक अनियमितता बारे पटक पटक कुरा उठाउदा पनि अध्यक्षले चासो नेदेखाएपछि सातै जना पुर्व सभापतिहरुले समेत बिकृतिलाई सुधार गर्न सुझाव तथा निर्देशन पत्र जारि गर्नुभएको बताउनुभयो । तर, पुनः डेढ महिना भन्दा बढी समय सम्म समस्या समाधान तर्फ कुनै पहल नगरेपछि पूर्व सभापतिहरुको समेत मानमर्दन गर्ने कार्य बर्तमान अध्यक्ष खतिवडाबाट भएको ठहर गर्दै अविश्वास प्रस्ताव दर्ता गराईएको प्रति दुःख व्यक्त गर्नुभयो ।
यता बिशेष सधारण सभाको माग र अध्यक्ष माथि दर्ता भएको अविश्वास प्रस्तावमा सातै जना पुर्व सभापतिज्युहरुको समेत समर्थन रहेको बताउँदै सल्लाहकार खड्गाले प्रस्ताव दर्ता भएको मितिले ३५ दिन भित्र बिशेष सधारण सभा बोलाई प्रस्ताव प्रस्तुत गर्नुपर्ने बाध्यात्मक ब्यवस्था बिधानमा रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ