News Category 2072/06/18
मधेश स्वतन्त्र देश वा अधिकार सम्पन्न मधेश प्रदेश कायम हुनुपर्छ ः मातृका यादव
दैनिक संवाददाता
राजविराज, १७ असोज ।
नेकपा (माओवादी)का संयोजक मातृका प्रसाद यादवले मधेश स्वतन्त्र देश वा अधिकार सम्पन्न मधेश प्रदेश कायम हुनुपर्ने बताउनु भएको छ ।
“राष्ट्र आत्मनिर्णयको अधिकार, राष्ट्र मुक्तिको एक मात्र आधार” भन्ने मुल नाराका साथ नेकपा (माओवादी), आम मुल निवासी मुक्ति मोर्चा र थारु कल्याणकारीणी सभाको संयुक्त आयोजानमा आईतबार सप्तरीको बोदे बर्साइनमा आयोजित बिरोध सभालाई सम्बोधन गर्नुहुँदै संयोजक यादवले सो कुरामा बताउनु भएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै संयोजक यादवले मधेश र मधेशी जनताको कल्याणका लागि गोर्खाली शासक औपनिवेशिक शासन समाप्त गरी मधेश अलगै देश बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मधेशमा विगत ५१ दिनदेखि आन्दोलन जारी रहदा पनि वर्तमान सरकार मौन रहेको आरोप लगाउँदै भारतले नाकाबन्दी नगर्दा पनि यहाँका मिडियाहरुले गलत अफवाह फैलाएर भारतलाई बदनाम गरेको बताउँदै संयोजक यादवले नाकाबन्दी भारतले नगरी मधेशी जनताले नाकाबन्दी गरेको दाबी गर्नुभयो । उहाँले मधेशको अधिकार सुनिश्चितता नभएसम्म नाकाबन्दी जारी रहने बताउनुभयो ।
पहिचान सहितको संघियता, समग्र मधेश एक प्रदेश र राष्ट्र आत्मनिर्णयको अधिकार सहित राज्यको हरेक निकायमा पुर्ण समानुपातिक प्रणाली तथा सम्मान मताधिकार सुनिश्चितता हुन्ुपर्नेमा उहाले जोड दिनुभयो । यादवले शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टीका साथै कृषिमा वैज्ञानिकीकरण, बसाई सराईको नियन्त्रण तथा धर्मनिरपेक्षता कायम हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी सोही सभामा आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मो.इस्लामले मधेशी, मुस्लिम, गरीब, दलित, जनजाती, आदिवासी लगायत हरेक जातजातीको आरक्षणको व्यवस्था राज्यले सुनिश्चितता नगरेसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
यसैगरी थारु कल्याणकारीणी सभाका अध्यक्ष करुण कुमार चौधरीले मधेशी, थारु सहितको अधिकार, पहिचान सुनिश्चितता नभएसम्म मधेशमा जारी आन्दोलन कुनै पनि हालतमा नरोकिने उदघोष गर्नुभयो ।
नेकपा (माओवादी) का क्षेत्रिय अध्यक्ष दिलिप कुमार यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा आम मुल निवासी मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष झबर राम, नकेपा (माओवादी)का श्रवण यादव, नकेपा (माओवादी) का केन्द्रिय सदस्यद्वय महेश प्रसाद यादव, छेदी यादव रंजित, नेकपा (माओवादी)का केन्द्रिय सल्लाहकार हिरा प्रसाद यादव, समाजसेवी सुर्य नारायण मण्डल, मोर्चाका महासचिव चन्द्रेश्वर दास, केन्द्रिय सदस्य मो.सहमु्द अलि, जनवर्गीय संगठन इन्चार्ज रामगमन साह, संयुक्त आन्दोलन परिचालन समितिका युवा नेता काशीन्द्र राम, भुलाई राम, संयुक्त मधेशी आन्दोलन समितिका प्रवक्ता बलराम यादव, भिखारी मण्डल, मो.उस्मान मियाँ, कुसुम लाल चौधरी, मोर्चाका केन्द्रिय सदस्य जगजीवन राम लगायतका बक्ताहरुले अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ