News Category 2072/06/18
संघीय मधेशी मोर्चाद्वारा जारि आन्दोलनलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक
दैनिक संवाददाता
राजविराज, १७ असोज ।
संघीय मधेशी मोर्चाले जारि आन्दोलनलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रमहरु आइतबार सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको कार्यक्रमहरुमा मधेशमा जारी आन्दोलनको समर्थन र नेपालमा जारी गरिएको संबिधानमा मधेशी अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको समर्थन र सहयोगको लागि एक हप्ते हस्ताक्षर अभियान संचालन गर्ने भएको छ । कार्यक्रम मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार, चौक चौराहामा गर्ने तथा मधेश बाहिर मधेशी समुदायको उपस्थिति रहेको स्थानहरुमा समेत संचालन गर्ने जनाइएको छ ।
जारी आन्दोलनको पक्षमा जनमत सिद्ध गर्दै मधेशको पहिचान र अधिकारको समर्थनमा संकलन गरिने न्यूनतम ४० लाख हस्ताक्षर नेपाल स्थित संयुक्त राष्ट्र संघको आवासिय प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पठाईने जनाइएको । सो कार्यक्रममा नेपालस्थित सबै कुटनीतिक नियोग प्रमुख÷प्रतिनिधिको समुपस्थितिको लागी आग्रह गरिनेछ उल्लेख छ ।
यस्तै सोमवार साँझ ६ः३० बजे कैण्डल मार्च (मैनबत्ती यात्रा) मधेश आन्दोलन क्रममा शहादत प्राप्त गरेका वीर शहीदहरुको आत्माको चीरशान्तिका लागि मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार र चौक चौराहाहरुमा एकै चोटी एकै समयमा प्रदर्शन गर्ने, बुधवार विहान ११ः०० बजे थाल ठटाउने कार्यक्रम गर्ने जनाइएको छ ।
यसैगरि नाकाबन्दीले पहाड र हिमाल मात्र होइन, ५४ दिनको बन्दले मधेश पनी खाली र पीडित छ, मधेशीलाई पनी पीडा छ तर अधिकारको लागी भोकभोकै लडन तैयार छौं भनी सन्देश दिन मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार र चौक चौराहाहरुमा एकै चोटी, एकै समय, एकैसाथ थाल ठटाउने कार्यक्रम गर्ने उल्लेख छ ।
यस्तै शुक्रवार दिउँसो ११ बजे पुरुषहरुको अद्र्धनग्न जुलुस सरकार, सत्ता पक्ष र तीन दल (नेपाली कांग्रेस, नेकपा (एमाले) तथा एनेकपा (माओवादी) द्वारा मधेश आन्दोलनको बिरुद्धमा भईरहेको नाङ्गो नाचको विरोधमा मधेशी पुरुषहरुको अर्धनग्न जुलुस मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार र चौक चौराहाहरुमा समेत एकैसाथ गर्ने जनाइएको छ ।
मोर्चामा आवद्ध नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा, लोक दलका अध्यक्ष कौशल कुमार सिंह, बहुजन समाज पार्टी, नेपालका अध्यक्ष गंगा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादव र नेपाल समाजबादी पार्टी (लोहियावादी) का अध्यक्ष नन्दन यादवद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा सो कार्यक्रम गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ