News Category 2072/06/19
आन्दोलनकारीको मागप्रति वर्तमान सरकार मौन रहेको भन्दै तिर धनुषसहित प्रदर्शन
दैनिक संवाददाता
राजविराज, १८ असोज ।
मधेशमा विगत ५२ दिनदेखि आन्दोलन जारी रहदाँ वर्तमान सरकार मौन रहेको भन्दै मधेशी मोर्चा सप्तरीद्वारा सोमबार राजविराजमा बृहत तिर धनुष सहितको जुलुस प्रदर्शन गरेको छ ।
आन्दोलन जारी रहदा पनि वर्तमान सरकार कानमा तेल हालेर सुतेको तथा मधेशी जनताहरु अधिकार माग्दा गोली हान्ने गरेको भन्दै मोर्चाले अब मधेशी जनताहरु अधिकारका लागि तिर र धनुषबाट सरकारको प्रतिकार गर्ने उद्घोष गर्दै राजविराजमा बृहत तिर धनुष सहितको बिरोध जुलुस प्रदर्शन गरिएको हो ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको तिर धनुष सहितको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पशचत जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । आन्दोलन परिचालन समितिका संयोजक एवं सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवद्वारा संचालित तथा मधेशी मोर्चाका जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारी, सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, फोरम नेपालका सुरेन्द्र यादव, समाजसेवी कुरुर मण्डल, फोरम लोकतान्त्रिकका उमेश प्रसाद साह, रामसपाका भुपेन्द्र यादव, नेकपा–माओवादीका जिल्ला सेक्रटरी दिपेन्द्र माझी, नेकपा (माओवादी) का भगवति यादव, सदभावनाका नगर अध्यक्ष अमरकान्त झा, थारु कल्याणकारीणी सभाका अध्यक्ष अरुण कुमार चौधरी, तमलोपाका मनोज झा, युवा नेता सुभाष यादव, विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष तारकेश्वर यादव, सदभावना जिल्ला सदस्य सत्य नारायण साफी, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, मलेठका रामकिसुन यादव, बिषरिहयाका जितन रजक, राम नारायण यादव, महिला नेतृ रमिला साह लगायतका बक्ताहरुले रावण जस्तै अंहकार वादी शुशिल, केपी, प्रचण्डलाई राममुखी तिर धनुषबाट प्रहार गरिने चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ