News Category 2072/06/19
जिल्लाको विभिन्न स्थानमा जितिया पर्वको अवसरमा नाचगान
दैनिक संवाददाता
राजविराज, १८ असोज ।
सन्तानको सुख शान्ति र लामो आयुको कामना गर्दै मिथिलान्चलमा जितिया पर्वको अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईरहेको छ ।
यसै अवसरमा सप्तरी सदरमुकाम राजविराज ५ स्थित युनिभर्सल बोर्डिङ्ग स्कुलमा जितिया महोत्सव २०७२ को आयोजना गरेको छ ।
थारु आदिवासी महिला समन्वय समितिको सहयोग तथा जितिया मुल समारोह समितिको आयोजनामा आयोजित जितिया महोत्सवमा विभिन्न थारु नाच, गानका साथै साँस्कृतिक कार्यक्रम र जितिया सम्बन्धि कथा बाचन समेत गरी मनाईएको हो ।
सोही अवसरमा जितिया मुल समारोह समितिकी रजिया देवी चौधरीको अध्यक्षता तथा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालकी लक्ष्मी चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा झुमरा नाचमा बोध कुमारी चौधरी र चन्द्रकला चौधरीले नृत्यु प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी जितिया सम्बन्धि नाटक आशा देवी चौधरी, हिरा चौधरी, बिन्दु चौधरी, सरिता देवी चौधरी, बोध कुमारी चौधरी र इश्वरी चौधरी लगायतका कलाकारहरुले आ–आफनो कला प्रस्तुत गर्नुभएको थियो ।
यस्तै जितुवाहन सम्बन्धि कथा सप्तरीको अर्नाहा निवासी गायक सिफैत लाल चौधरीले प्रस्तुत गर्नुभएको महेश चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी जितिया पर्वकै अवसरमा सोमबार जिल्लाको विभिन्न स्थानमा जितुवाहन भगवानको मुर्ति बनाएर विभिन्न नाच, गान, प्रवचन र साँस्कृतिक कार्यक्रमको आयोजना गरी जितिया पर्व मनाईरहेको छ ।
सोही अवसरमा सप्तरीको बरही बिरपुर गाविस ७ स्थित जोगेन्द्र यादवको दलानमा जितुवाहन भगवानको मुर्ति बनाएर विभिन्न नाच, गान, प्रवचन र साँस्कृतिक कार्यक्रमको आयोजना गरी जितिया पर्व मनाईएको छ । यस्तै जिल्लाकै तिलाठी गाविसस्थित बेल्ही भन्सारमा समेत जितुवाहन भगवानको मुर्ति बनाएर विभिन्न नाच, गानका साथै साँस्कृतिक कार्यक्रमको आयोजना गरी जितिया पर्व मनाईएको हो ।
यसैगरी जिल्लाकै सकरपुरा गाविसस्थित डिहबार बाबा स्थानको ग्रामिण हाट बजारमा जितिया पर्वको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य मेला गरी जितिया पर्व मनाईरहेको मेला समितिका अध्यक्ष दामोदर मुखियाले जानकारी दिनुभयो ।
त्यस्तै बिषहरिया गाविसस्थित सिंग्यौन दमावतीका लक्ष्मण यादवको घरमा जितुवाहन भगवानको कलात्मक मुर्ति बनाएर राति साँस्कृतिक कार्यक्तम गरी जितिया पर्व मनाईरहेको छ । यस्तै जिल्लाको कल्याणपुर गाविस ९ स्थित गढिया चौकमा समेत जितिया पर्वको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी जितिया पर्व मनाईएको आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मो.इस्लामले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ