News Category 2072/06/21
भारदहमा चीनको झण्डा जालाईयो
दैनिक संवाददाता
राजविराज, २० असोज ।
सप्तरीको भारदहमा बुधबार स्वतन्त्र मधेसी युवा समुह पोर्ताहा, भारदह, मधवापुरको अगुवाईमा निस्केको एक समुहले चीनको झण्डा जलाएका छन् । पोर्ताहाको कंकालीनी माबिबाट निस्केको जुलुस भारदह चौकको परिक्रमा गरि पोर्ताहा चौकमा चीनको झण्डा जलाएका हुन् ।
जुलुसका सहभागिहरुले चीन गो ब्याक, मधेस आन्दोलनमा भारतीय सहयोग जिन्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड समेत बोकाका ंिथए । असोज ३ गते संबिधान सभाबाट जारि भएको संबिधानलाई चिनले स्वागत गरेको, ५४ दिनदेखि जारि मधेस आन्दोलनमा समर्थन नगरेको, मधेसीको नाकाबन्दीको चीनले बिरोध गरेको लगायतका कारण चीनको झण्डा जलाएको जुलुसका अगुवा शंकर खिडहरी यादवले बताउनुभयो ।
उनीहरुले मधेसका मुद्दा सम्बोधन गराउन सरकार र तिन दललाई दवाव सृजना गरेको भन्दै भारत जिन्दावाद को नारा समेत लगाएका थिए । यसैबिच जारि मधेस अँन्दोलनको ५४ दिन बित्दा सप्तरीको जनजीवन कष्टकर बनेको छ । राजमार्ग क्षेत्रमा पर्ने भारदह, कंचनपुर, रुपनी, कल्याणपुर लगायतका बजारहरुमा फाटफुट खुलेका पसलहरु पनि प्रहरीले नै गएर बन्द गराएपछि थप मर्कामा परेको लक्ष्मी ब्यापार संघ भारदहका अध्यक्ष कुन्दनकुमार सिंहले गुनासो गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ