News Category 2072/06/21
मधेशीको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने
दैनिक संवाददात
राजविराज, २० असोज ।
संघिय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु कुमारी यादवले जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको व्यवस्था नभएसम्म मधेशमा जारी आन्दोलन नरोकिने बताउनु भएको छ ।
मधेशी मोर्चाद्वारा बुधबार सप्तरीको बभनगामाकटी गाविसस्थित तोपा बजारमा आयोजित बिरोध सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले वर्तमान सरकार मधेशलाई पलायन गर्न मधेसीको पहिचान समाप्त पार्न खोजेको आरोप लगाउँदै मधेशको पहिचान, अधिकार सुनिश्चितताका लागि मधेशमा बिद्रोह भईरहेको स्पष्ट पार्नुभयो ।
एक अर्को प्रसङ्गमा यादवले मुलुकमा हालसम्ममा ६ वटा संविधान जारी भएपनि ६ वटै संविधान असफल भएको बताउँनुहुँदै उहाँले विश्वको उत्कृष्ट संविधान भन्दै आएपनि आप्mनै देशमा सो संविधान असफल भएको बताउनुभयो । उहाँले मधेशी जनतामाथि अहिले पनि वर्तमान सरकार विभेद गर्दै आएको आरोप लगाउँदै मधेशमा विगत ५४ दिनदेखि आन्दोलन जारी रहदाँ पनि सरकारको ध्यान जान नसकेको तर १० दिन नाकाबन्दी हुँदा सरकार भारतको बिरोध गर्ने गरेकोले सो कार्य अविलम्ब बन्द गरी मधेशमा आन्दोलनरत पक्षको जायज माग सम्बोधन गरी अविलम्ब बार्ताको माध्यमबाट समस्या समाधान नगरेसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
मधेशी मोर्चा तोपाका संयोजक सत्य नारायण यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य दानालाल यादव, मधेशी मोर्चाका संयोजक रामप्रित यादव, नेकपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादव, सदभावना पार्टीका संयुक्त महासचिव सिताराम मण्डल, स्थानीय नेता सफिद रहमान, संयुक्त मधेशी आन्दोलन परिचालन समितिका प्रवक्ता बलराम यादव, नेकपा माओवादीका सचिव दिपेन्द्र माझी, संघिय समाजवादी फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झा, अनिरुद्ध मण्डल लगायतका बक्ताहरुले मधेशको हकअधिकार र पहिचान सुनिश्चितता नभएसम्म मधेशमा जारी आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ