News Category 2072/06/23
बिरोधका स्वरुप फेरिदै, टुक्किपछि टर्च जुलुस
दैनिक संवाददाता
राजविराज, २२ असोज ।
विगत ५६ दिनदेखि जारी मधेश आन्दोलनका क्रममा विभिन्न प्रकारको बिरोध जुलुसहरु प्रदर्शन गरिएको छ । जति जति आन्दोलन लम्बिदैछ, त्यति त्यति आन्दोलनका स्वरुप समेत परिवर्तन हुँदैछ ।
पछिल्लो दिनमा सप्तरीमा बिरोधका स्वरुप फेरिदै जाँदा कहिले टुक्कि (डिबिया) जुलुस, त कहिले भँैसी, कहिले गदहा जुलुस, कहिले कुकुरसहित प्रदर्शन गरिएको छ । त्यस्तै बिरोधका क्रममा अर्धनग्न जुलुस, सिटी जुलुस, लाठी जुलुस, तिरधनुष जुलुस, धोती जुलुस, शिर्ष नेताहरुको पुतलालाई फाँसीसहितको जुलुसलगायत प्रदर्शन भएको छ ।
यस्तै शुक्रबार पनि प्रदर्शन गरिएको छ । शुक्रबार भने प्रदर्शनको शैली फरक गरेर आन्दोलनकारीहरुले दिउँसै राजविराजमा टर्च जुलुस निकालेर बिरोध जनाएका छन् ।
मधेशमा झण्डै दुई महिनादेखि बन्द जारी रहदा पनि वर्तमान सरकार अन्धो भएको भन्दै मधेशी मोर्चाद्वारा राजविराजमा दिउँसै टर्च बालेर बिरोध गरेको हो ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको टर्च सहितको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा परिणत भएको थियो ।
क्षेत्रिय आन्दोलन परिचालन समितिका संयोजक एवं सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा सदभावना पार्टी निकट महिला मंचकी केन्द्रिय सदस्य जय ललिता लाता, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, संघिय समाजवादी फोरम नेपालकी जिल्ला कोषाध्यक्ष गिता यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी जिल्ला कोषाध्यक्ष बिन्दु कुमारी यादव, महिला नेतृ सुनिता साह, सदभावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, नगर उपाध्यक्ष लक्ष्मण साह, भोगेन्द्र मण्डल, तराई मधेश लोकतान्त्रिक पार्टीका क्षेत्रिय सचिव रविन्द्र मण्डल, रंजितपुरका पंचदेव यादव, नेकपा माओवादीका जय प्रकाश यादव, मो.राइन हुसेन, देवकान्त चौधरी, मधेशी मोर्चा मलेठका रामकिसुन यादव लगायतका बक्ताहरुले मधेशमा झण्डै दुई महिनादेखि आन्दोलन जारी रहदाँ पनि वर्तमान सरकार मौन रहेको भन्दै अन्धो सरकारलाई दिउँसै टर्च बालेर चेतावनी दिएको बताउनुयभो ।
त्यसैगरी सप्तरीकै फकिरा गाविसस्थित इनर्वाको शान्ति चौकमा समेत बिरोध जुलुस तथा बिरोध सभाको आयोजना गरिएको छ ।
सो बिरोध सभामा सदभावना पार्टीका केन्द्रिय सदस्य बिशेश्वर रजक, जसमुल खाँन, मधेशी मोर्चाका संयोजक रामप्रित यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, विद्यार्थी मंचका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष शम्भु कुमार यादव लगायतका बक्ताहरुले सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको निवास तथा पार्टी कार्यालयमा भएको तोडफोड र ढुङ्गामुढाको घोर भत्सर्ना गर्दै दोषीमाथि आवश्यक कार्बाहीको माग सहित अधिकार प्राप्त नभएसम्म आन्दोलन नराकिने उदघोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ