News Category 2072/06/23
सुरक्षाकर्मीले केरा चोरेको स्थानियहरुको आरोप
दैनिक संवाददाता
राजविराज, २२ असोज ।
सप्तरीको भारदहका किसानहरुले काटेर ल्याई सडक छेउमा राखेका केरा पछिल्लो पन्ध्र दिनदेखि चोरी भईरहेको थियो । तर, रातीको समयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि कसले चोरी गरेको भन्ने विषयको एकिन हुन सकेको थिएन् ।
शुक्रवार बिहान ४ बजेको समयमा आफ्नो केरा हेर्न राजमार्ग पुगेका भारदहका महेन्द्र मेहताले सशस्त्र प्रहरीलाई आफ्नो गाडी (ट्रक)मा केराको घरी लोड गर्दै समातेका छन् ।
यता विगत एक महिना भन्दा बढी दिनदेखी राजमार्ग क्षेत्रमा साँझ ६ बजेदखी बिहान ६ बजेसम्म निषेधाज्ञा जारि हुँदै आएको छ ।
सुरक्षा प्रदान गर्ने निकाय नै चोरी गर्दै फेला परेकोमा त्यहा किसानहरु आश्चर्यचकित छन् । सशस्त्र प्रहरीले केरा चोरी गरेको भनि स्थानीय कृषकहरुले भारदहस्थित ईलाका प्रहरी कार्यालयलाई शुक्रवार जानकारी गराएका छन् । तर, ईप्रकाका प्रमुख सई सुरेन्द्र खेरवारले आफूसमक्ष कसैले यस विषयमा जाहेरी दिन नआएको बताउनुभयो ।
भारदहस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पका इन्सपेक्टर नवीन अधिकारीले पनि शसस्त्र प्रहरीबाट यस्तो काम हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले केही व्यक्तिहरुले सशस्त्र प्रहरीलाई बदनाम गर्न खोजेको आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ