News Category 2072/06/27
आन्दोलन जारि रहन्छ ः मधेशी मोर्चा
दैनिक संवाददाता
काठमाडौं, २६ असोज ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन जारी नै रहने जनाएको छ ।
मोर्चाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आफूहरुले संविधान कुनै पनि हालतमा नमान्ने र आन्दोलन जारि रहने दृढता व्यक्त गरेको छ ।
पत्रकार सम्मेलनमा मोर्चाका एक घटक उपेन्द्र यादवले उग्रवामपन्थी, चरमपन्थी र अवसरवादीहरुको विरुद्धमा आफूहरुले सुशील कोइरालाको पक्षमा मतदान गरेको बताउनुभयो ।
उहाँले एमालेलाई उग्रवामपन्थी, पहिचान विरोधी र घोर मधेश विरोधी, एमाओवादीलाई चरमपन्थी र राप्रपा नेपाललाई अवसरवादीको रुपमा व्याख्या गर्नुभयो ।
आन्दोलनरत् एउटा मोर्चा ओलीलाई सघाएको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा यादवले भन्नुभयो, ‘गच्छदारले जता सत्तादेख्यो त्यतैको हो ।’ संविधानलाई स्वीकार गरी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा सहभागिता जनाएको भन्ने प्रश्नमा उहाँले, ‘आफूहरुले सर्वोच्च अदालतको निर्णयको सम्मान र व्यवस्थापिका संसदको नियमावली अनुसार प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएको’ प्रष्ट्याउनुभयो ।
मोर्चाले जारी गरेको विज्ञप्तिमा, ‘राजनीतिक मुद्दाहरु छोडेका छैनौं र प्रतिगामी संविधान स्वीकार गरेका छैनौं । त्यसैले, यस प्रतिगामी संविधानको विरोधमा हामीले उठाएका मुद्दाहरुप्रति हाम्रो प्रतिबद्धता यथावतै छ । मधेशी, थारु, आदिवासी जनजाति, शिल्पी÷दलित, मुस्लिम, महिला पिछडा वर्ग र सीमान्तकृत समुदाय लगायत सम्पूर्ण उत्पीडित वर्ग तथा समुदायहरुको हक अधिकारलाई संवैधानिक रुपले सम्बोधन नगरेसम्म हाम्रो आन्दोलन निरन्तर रुपमा जारी नै रहने छ ।’ उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ