News Category 2072/06/27
“नवगठित सरकार अपवित्र गठबन्धन”
दैनिक संवाददाता
राजविराज, २६ असोज ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले नवगठित सरकारलाई अपवित्र गठबन्धनको संज्ञा दिनु भएको छ । उहाँले भन्नुभयो, “यो अपवित्र गठबन्धन धेरै दिनसम्म टिक्न सक्दैन ।”
मण्डलले मंगलबार राजविराजस्थित आप्mनै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि उहाँले सत्ता लिप्साका कारण मुलुक लामो द्वन्द्वमा फसेको आरोप समेत लगाउनुभयो ।
उहाँले मधेश आन्दोलन दुई महिनादेखी जारि रहदा पनि वर्तमान सरकारले कुनै सम्बोधन गर्न नसक्नुले मधेशी जनताहरुप्रति बेइमानी भएको ठहर गर्नुभयो । अहिले सम्पूर्ण तराई मधेश अशान्त भइरहदा सरकारको रतिभर पनि ध्यान पुग्न नसकेको गुनासो पोख्नुभयो ।
विगत लामो समयदेखी नेपालको विभिन्न राजनीति उतार चढाव हेरिसक्नु भएका मण्डलले अहिले राजनीति मात्र सत्ता र कुर्सीका लागि भएको आरोप लगाउनुभयो ।
मण्डलले संविधान सभाको दोश्रो निर्वाचन पश्चात जनआन्दोलनबाट प्राप्त उपलब्धि हरण गरी संविधान जारी गर्ने बेलादेखि मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम लगायत विभिन्न समुदायद्वारा भईरहेको आन्दोलनकै बिच संविधान जारी गरी सरकार गठनको लागि पंचायतकाल, माओवादी सशस्त्र आन्दोलन तथा २०६२÷०६३ को जनआन्दोलनलाई दमन गर्ने तत्व, कम्युनिष्ट विचार धाराका विभिन्न समुह र अवसरवादी तत्वबिच भएको गठजोरबाट जनआन्दोलनमा अपाङ्ग भई जिन्दा सहिदका जीवन ब्यतित गरीरहेका मुकेश कायस्तदेखि सम्पुर्ण शहिद परिवार एवं अग्रगामी विचार धाराको नागरिकको आत्मामाथि बज्रपात गरेको तथा दमनकारीको हौसला बुलन्द भएको आरोप लगाउनुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा मण्डलले २००७ सालको क्रान्तिपछि देशमा शुरु भएको अपवित्र गठजोर एवं सत्ता प्राप्तिको खेलका कारण नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि गुम्दै आएको ऐतिहासिक तथ्य सबै सामु छर्लङ्ग नै रहेको बताउनुभयो ।
उहाँले २०६२ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई मुख्य आन्दोलनकारी दल लत्याएको कारण अधिकार बिहिन मधेशी लगायत विभिन्न समुदायलाई आन्दोलन गर्न बाध्य पारिएको तथा पटक पटकको आन्दोलनपछि जनआन्दोलन कालिन केही माँग आन्तरिम संविधानमा समावेश गरिएपछि २०६४ सालमा संविधान सभाको चुनाव भएपनि प्रथम संविधान सभा विफलता भित्रको नाकारात्मक तथ्य दोहराईरहने आवश्यकता नरहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ