News Category 2072/06/28
संविधानको शल्यक्रिया पुस्तक विमोचन जसरी पनि अखण्ड मधेस हुनुपर्छ ः तिवारी
दैनिक संवाददाता
राजविराज, २७ असोज ।
नेपाल सद्भावना पार्टी(गजेन्द्रवादी)का राष्ट्रिय अध्यक्ष विकासकुमार तिवारीले जसरी भएपनि अखण्ड मधेस प्रदेश हुनुपर्ने बताउनु भएको छ । मधेस पत्रकार समाजले बुधवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले यस्तो बताउनु भएको हो ।
नयाँ संविधान महेन्द्रवादी चिन्तनको भएकाले धेरै धाराहरु संशोधन र परिमार्जन गर्नुपर्ने बताउँदै अध्यक्ष तिवारीले भन्नुभयो, ‘सिमाङ्कनको आधारमा मधेशमा कठोर संविधान जारी भएको छ, जसरी पनि मधेस अखण्ड रहनुपर्छ ।’ झापादेखि कंचनपुरसम्मको भूभाग मधेश प्रदेशमै कायम हुनुपर्ने उहाँको भनाई छ ।
नयाँ संविधानमा मधेश प्रदेशको सिमा, निर्वाचन क्षेत्रको निर्धारण, नागरिकता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय सहितका विषयहरुमा पुर्नमार्जन गर्नुपर्ने भनि आम मधेसी समुदायको आवाज रहेकाले सोही अनुसार संविधान संशोधन गरिए मात्रै संविधान सबैको साझा हुनसक्ने भनाई अध्यक्ष तिवारीको छ ।
सोही पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीद्वारा लिखित ‘संविधानको शल्यक्रिया, नेपालको संविधान–२०७२’ नामक पुस्तकसमेत विमोचन गरिएको छ । पत्रकार समाजका अध्यक्ष शैलेन्द्र सिंहको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ पत्रकारद्वय शिबहरीप्रसाद भटराई र बैजनाथ झाले सामुहिक रुपमा अध्यक्ष तिवारीद्धारा लिखित उक्त पुस्तकको विमोचन गर्नुभयो ।
कार्यक्रममा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय सदस्य सावृत्रि पण्डित, पार्टीका जिल्ला अध्यक्ष दानी मण्डल, जिल्ला उपाध्यक्ष सुशिला मण्डल सहितका नेताहरुको उपस्थिती थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ