News Category 2072/06/29
फोरम लोकतान्त्रिकका महासचिव यादवद्वारा पदबाट राजिनामा
दैनिक संवाददाता
राजविराज, २८ असोज ।
पूर्व कृषि मन्त्री तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र कुमार सिंह यादवले पार्टीबाट राजिनामा दिने घोषणा गर्नुभएको छ ।
मधेशी मोर्चा सप्तरी र थारु कल्याणकारीणी सभाको संयुक्त आयोजनामा बिहिबार सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा आयोजित बिरोध सभामा सिंहले सो घोषणा गर्नुभएको हो ।
उहाँले आप्mनो पार्टी मधेशमा जारी आन्दोलनलाई वेवास्ता गर्दै तथा मधेशी जनतालाई धोका दिएर सरकारमा गएको भन्दै पार्टीको साधारण सदस्य समेतबाट उहाँले राजिनामाको घोषणा गर्नुभयो ।
थारु कल्याणकारीणी सभाका अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षतामा आयोजित सो बिरोध सभामा सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह रामबाबु, पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य बिनोद चौधरी, थारु आन्दोलनका अगुवा बौली चौधरी, रघु कुमार सिंह, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्य नारायण यादव, आन्दोलन परिचालन समिति कठौनाका संयोजक उम्देश्वर साह, थारु कल्याणकारीणी सभाका युवा संयोजक रामाकान्त चौधरी, स्थानीय बुद्धिजीवी बिनोद सिंह, समाजसेवी धर्मेन्द्र मण्डल, सभाका ज्योति लनुवार लगायतका बक्ताहरुले अधिकार प्राप्त नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ