News Category 2072/07/02
फोरम लोकतान्त्रिकका महासचिव, सप्तरी अध्यक्षसहित ८७ जनाद्वारा पार्टी परित्याग
दैनिक संवाददाता
राजविराज, १ कात्तिक ।
पार्टी अध्यक्ष बिजय कुमार गच्छदारले एकलौटी निर्णय गरेको भन्दै मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव, सप्तरी अध्यक्षसहित ८७ जनाले आइतबार पार्टीको साधारण सदस्य नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन् ।
फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्रकुमार सिंह यादवले आइतबार राजविराजस्थित आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
त्यस्तै सो पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिक सप्तरीको ५१ सदस्य समितिमध्ये सचिव भोगेन्द्र चौधरी र कोषाध्यक्ष बिन्दु यादवबाहेक अध्यक्ष सत्यानाराण यादव र उपाध्यक्ष उमेश साहसहित ४९ जनाले पार्टी परित्यागको घोषणा गरिएको जनाइएको छ ।
पत्रकार सम्मेलनमा पूर्वकृषि मन्त्री समेत रहनु भएका यादवले सीमांकनसहितको संघीय संविधानका लागि सुरु भएको थरुहट मधेश आन्दोलन स्वायत्त थरुहट मधेश प्रदेश, जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र निर्धारणका लगायत जारि आन्दोलनले सार्थक निष्कर्ष प्राप्त गरी नसक्दै थरुहट मधेश आन्दोलनलाई नै समाप्त पार्ने गरी आत्मघाती कदम अध्यक्षले चालेको भन्दै पार्टी परित्यागको घोषण गरेको बताउनुभयो ।
उहाँले पार्टी अध्यक्ष गच्छदारले पार्टीको केन्द्रिय कार्य समिति, राजनीतिक समिति, पदाधिकारी समिति लगायत कुनै पनि आधिकारीक अंगको परामर्श वा निर्णय नलिई एकल निर्णयद्वारा थरुहट मधेश बिरोध शक्तिहरुसँग गठबन्धन गरि उपप्रधानमन्त्री पदमा बहाल समेत भएको बिषयले कार्यकर्ताहरु मर्माहत भएको उल्लेख गर्नुभयो ।
एक अर्को प्रसङ्गमा महासचिव यादवले पार्टी परित्याग गरि अहिले कुनै पार्टीमा नजाने र जारि मधेश आन्दोलनमै लाग्ने तथा अधिकार प्राप्तिको लडाईमा प्रत्यक्ष रुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ