News Category 2072/07/02
आन्दोलन जारि राख्दै बिरोध प्रदर्शनलाई निरन्तरता
दैनिक संवाददाता
राजविराज, १ कात्तिक ।
मधेशमा जारी आन्दोलनको आईतबार ६५ औं दिन सप्तरीको राजविराजमा बिशाल बिरोध जुलुस प्रदर्शन गरेको छ । मधेशी मोर्चाको अगुवाईमा मोर्चासँग आवद्ध विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुद्धारा आईतबार राजविराजमा बिशाल बिरोध जुलुस प्रदर्शन गरेको हो ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पशचत जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो बिरोध सभामा बोल्दै पूर्व कृषिमन्त्री मृगेन्द्र कुमार सिंह यादवले आफू फोरम लोकतान्त्रिक पार्टी छोडेर मधेश र मधेशी जनताको अधिकारका लागि सडकमा आएको बताउँदै जबसम्म मधेशी जनताको अधिकार सुनिश्ति हुँदैन तबसम्म आन्दोलनमै लाग्ने जानकारी दिनुभयो । आन्दोलन भरि आफू कुनै पार्टीमा नजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मधेश अहिले जलिरहेको छ, मधेशी जनता अधिकाबाट बञ्चित भएका छन्, त्यसैले मधेशी जनताले हक अधिकार नपाएसम्म म पनि उनीहरुकै साथमा रहने छु ।”
मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, आन्दोलन परिचालन समितिका प्रवक्ता बलराम यादव, सदभावना पार्टीका जिल्ला सचिव सचिव हरेराम यादव, तराई मधेश राष्ट्रिय अभियानका भोला मुखिया, लगायतकाहरुले मधेशी जनताको हक अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने उदघोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ