News Category 2072/07/03
दशैंमा नयाँ सुरक्षा योजना लागु ः प्रहरी प्रमुख ढकाल
दैनिक संवाददाता
राजविराज, २ कात्तिक ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम ढकालले दशैंको बेलामा जिल्लामा शान्ति सुरक्षाका लागि सोमबारदेखी नयाँ सुरक्षा योजना लागु गरेको जानकारी दिनुभएको छ ।
वडा दशैंको अवसरमा सोमबार साँझ जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजना गरेको संचारकर्मीहरुसँग शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक ढकालले राजविराजस्थित भगवती मन्दिर, राजदेवी मन्दिर, छिन्नमस्ता मन्दिर, भारदहस्थित कंकालिनी मन्दिर लगायत जिल्लाका अन्य मन्दिर तथा शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुका लागि शान्ति सुरक्षाका निम्ति सादा पोशाकमा प्रहरी समेत परिचालन गरिएको बताउनुभयो ।
उहाँले दशैंको अवसरमा २४ घण्टै सादा पोशाकका प्रहरी र ड्युटीमा रहेका प्रहरीहरु शान्ति सुरक्षाका लागि बजारहरुमा परिचालन गरिएको बताउनुभयो । सो अवसरमा उहाँले सम्पूर्ण जिल्लावासीहरुमा शुभकामना समेत व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ