News Category 2072/07/07
मोर्चाले आइतबारदेखी आन्दोलन सशक्त पार्दै नाका ठप्पदेखी पेट्रोलियम पदार्थको कालोबजारीलाई नियन्त्रण गर्नेसम्म कार्यक्रम सार्वजनिक
दैनिक संवाददाता
राजविराज, ६ कात्तिक ।
दशैं अवधी भर खुकुलो पारिएको अन्दोलनलाई मधेशी मोर्चा सप्तरीले पुनः आइतबारदेखी सशक्त पार्ने निर्णय गर्दै सप्तरीसँग जोडिएको भारतीय नाकाहरुलाई पूर्ण रुपले बन्द ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
मोर्चाका संयोजक रामप्रित यादवको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णयहरु गर्दै कात्तिक ८ र १० गते खबरदारी जुलुस र ११ गते मसाल जुलुस निकाल्ने निर्णय समेत भएको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
सोही बैठकले जारि आन्दोलनका क्रममा ब्यापक रुपमा भइरहेको पेट्रोलियम पदार्थको कालोबजारीलाई नियन्त्रण गर्न मोर्चाले सम्पूर्ण व्यापारीहरुलाई आग्रह गर्दै अब उपरान्त त्यस्ता कालोबजारी गरिरहेको भेटिएमा मोर्चाले कारवाही समेत गर्ने जनाएको छ ।
यस्तै सप्तरीसँग जोडिएका भारतीय नाकाहरुमा ब्यारेज नाका, तिलाठी बेल्ही भन्सार नाका, भारतको कुनौली हुँदै हनुमाननगरसम्म जाने बाटोबाट भित्रिने पेट्रोलियम पदार्थलाई पूर्ण निषेध गर्न संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका सावित्री पण्डित, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुब्बि यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश सिंहलाई जिम्मा दिइएको छ ।
यस्तै सखडा गोबिन्दपुर नाका र बरदाही मोहनपुर नाका सत्यनारायण यादव, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य रामनारायण यादव रामबाबु, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य केदार यादव र नेकपा (माओवादी) का जयप्रकाश यादवलाई ती नाकाहरु ठप्प पार्न मोर्चाले जिम्मा दिएको छ ।
यसैगरि अन्द्रामण्ठ नाका, झुटकी करियौत नाका, पातो नाका र लौकही कुशहा नाकालाई ठप्प पार्ने जिम्मा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादवलाई दिइएको जनाइएको छ ।
त्यसैगरि मौवहा बेल्ही नाका र स्वर्णपट्टी देउरी नाका नेकपा (माओवादी) का केन्द्रिय सदस्य महेश यादव, संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष एवं मोर्चाका संयोजक रामप्रित यादवलाई ठप्प पार्ने जिम्मा मोर्चाद्वारा शुक्रबार सम्पन्न बैठकले दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ