News Category 2072/07/08
आजदेखी मोर्चाले सशक्त आन्दोलन गर्दै नाकादेखी यातायात, बित्तिय संस्था, बजारसमेत बन्द हुने
राजविराज÷मधेशी मोर्चा सप्तरीले आजदेखी जारि आन्दोलनलाई निरन्तरता दिँदै अझ सशक्त बनाउने जनाएको छ । दशैं अवधी भर खुकुलो पारिएको अन्दोलनलाई आजदेखी सशक्त पार्ने बारे शुक्रबार बसेको बैठकबाट सो निर्णय गरेको हो ।
मोर्चाका संयोजक रामप्रित यादवको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गर्दै सप्तरीसँग जोडिएको भारतीय नाकाहरुलाई पूर्ण रुपले बन्द ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेको मोर्चाका सूचना तथा संचार समिति संयोजक अमरनाथ मण्डलले जानकारी दिनुभयो ।
मोर्चाका संयोजक रामप्रित यादवको अध्यक्षतामा सम्पन्न बैठकले कात्तिक ८ र १० गते खबरदारी जुलुस र ११ गते मसाल जुलुस निकाल्ने, सम्पूर्ण यातायात, कलकारखाना, उद्योग व्यापार, सरकारी कार्यालय, गैर सरकारी कार्यालय, बैंक, बित्तिय संघसंस्थालाई बन्द गरी आन्दोलनलाई निर्णायक उत्सर्गमा पु¥याउन सबैसँग अपिल समेत गरेको छ ।
यस्तै सोही बैठकले जारि आन्दोलनका क्रममा ब्यापक रुपमा भइरहेको पेट्रोलियम पदार्थको कालोबजारीलाई नियन्त्रण गर्न मोर्चाले सम्पूर्ण व्यापारीहरुलाई आग्रह गर्दै अब उपरान्त त्यस्ता कालोबजारी गरिरहेको भेटिएमा मोर्चाले कारवाही समेत गर्ने निर्णय भएको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
यसैगरि सप्तरीसँग जोडिएका भारतीय नाकाहरुमा ब्यारेज नाका, तिलाठी बेल्ही भन्सार नाका, भारतको कुनौली हुँदै हनुमाननगरसम्म जाने बाटोबाट भित्रिने पेट्रोलियम पदार्थलाई पूर्ण निषेध गर्न संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका सावित्री पण्डित, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुब्बि यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश सिंहलाई जिम्मा दिइएको छ ।
यस्तै सखडा गोबिन्दपुर नाका र बरदाही मोहनपुर नाका सत्यनारायण यादव, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य रामनारायण यादव रामबाबु, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य केदार यादव र नेकपा (माओवादी) का जयप्रकाश यादवलाई ती नाकाहरु ठप्प पार्न मोर्चाले जिम्मा दिएको छ ।
यसैगरि अन्द्रामण्ठ नाका, झुटकी करियौत नाका, पातो नाका र लौकही कुशहा नाकालाई ठप्प पार्ने जिम्मा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादवलाई दिइएको जनाइएको छ ।
त्यसैगरि मौवहा बेल्ही नाका र स्वर्णपट्टी देउरी नाका नेकपा (माओवादी) का केन्द्रिय सदस्य महेश यादव, संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष एवं मोर्चाका संयोजक रामप्रित यादवलाई ठप्प पार्ने जिम्मा दिइएको अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।
यसैबीच मधेसी मोर्चाको अनिश्चितकालिन आन्दोलनको शनिबार ७१ औं दिन सप्तरीको जनजीवन कष्टकर बनेको छ । बन्दकै कारण सप्तरीमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, औषधीसहितका आवश्यक सामग्रीहरुसमेत अभाव भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
- 2082/11/13 आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
- 2082/11/13 फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ