News Category 2072/07/09
प्रहरी दमन बिरुद्ध लाठी जुलुस प्रदर्शन प्रहरीको कुटाईबाट तीनको टाउको फुट्यो
दैनिक संवाददाता
राजविराज, ८ कात्तिक ।
स्थानीय मलेठवासीमाथि प्रहरीले लाठीचार्ज गरेको विरोधमा राजविराजमा आइतबार लाठी जुलुस प्रदर्शन गरिएको छ ।
शनिबार राति सदरमुकाम राजविराजसँगै रहेको जोलहरीमा स्थानीय बासिन्दाहरुले दशैंको अवसरमा आयोजना गरेको नाच हेर्न आएकालाई प्रहरीले लाठीचार्ज गरेको बिरोधमा सो जुलुस प्रदर्शन गरिएको हो ।
यता सवारीसाधन स्कर्टिङ गरेर लैजानका लागि प्रहरीले लाठीचार्ज गरेको स्थानीयको आरोप छ भने प्रहरीले सवारी साधनमा ढुंगा प्रहार भएको भन्दै थप क्षति हुन नदिनका लागि सामान्य बल प्रयोग गरेको दाबी गरेको छ ।
प्रहरीको लाठीचार्जबाट बसबिटी गाविस ५ का दिपेश कुमार यादव, मलेठ ४ जोलहरीका दशरथ मण्डल र मलेठ १ का बच्चेलाल नोनियाको टाउको फुटेको छ भने पाँच महिलासहित एक दर्जन सामान्य घाईते भएको स्थानीय भीमराज यादवले जानकारी दिनुभयो ।
यता आइतबार बिहानैदेखि सप्तरीको भारदह, पोर्ताहा, मलेठ, झल्ही, रुपनी, कञ्चनपुरसहितका ठाउँहरुमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।
यस्तै शुक्रबार राति पनि भारदहस्थित कंकालिनी मन्दिरमा भईरहेको साँस्कृतिक कार्यक्रमको क्रममा भएको स्कर्टिङमा पनि सवारीसाधनमाथि ढुंगा हानीएपछि प्रहरीले लाठीचार्ज गर्दै केही राउन्ड हवाई फायर गरेको थियो ।
यसैबीच दसैंका लागि तीन दिन सप्तरीमा आन्दोलनलाई खुकुलो बनाइए पनि सोमबारदेखि मोटरसाईकललाई समेत आवत–जावतमा रोक लगाउने मोर्चाले जनाएको छ ।
साईकल र मोटरसाईकलबाट पेट्रोलियम पदार्थको ढुवानी गरी राजधानीसम्म पु¥याउने र कालोबजारीसमेत बढेको भन्दै अब मोटरसाईकलमा समेत बन्देज लगाउने आन्दोलनकारीको भनाई छ ।
मधेसी मोर्चाले गएको साउन ३० गतेदेखि मधेसका जिल्लाहरुमा अनिश्चितकालीन बन्द आह्वान गरेको हो । आइतबार ७२ औं दिन लगतारको हड्तालले सप्तरीको जनजीवन कष्टकर बनेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ