News Category 2072/07/10
फोरम नेपालको एकिकरण घोषणा सभा सम्पन्न ५९ सदस्यीय जिल्ला समिति गठन
दैनिक संवाददाता
राजविराज, ९ कात्तिक ।
मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल र खस समावेशी राष्ट्रिय पार्टी एकिकरण भए अनुसार सप्तरीमा समेत सोमबार एकिकरण घोषणा सभाको आयोजना गरिएको छ ।
सो सभामा एकीकरण समितिको जिल्ला उपाध्यक्षमा कन्तलाल चौधरी, सचिवमा उमेश प्रसाद यादव, सह–सचिवमा उपेन्द्र साह र कोषाध्यक्षमा मनोज यादवस्लिगायत ५९ सदस्यी जिल्ला समिति गठन भएको घोषणा गरिएको छ ।
यस्तै समितिको सदस्यहरुमा महेन्द्रनारायण यादव, योगेन्द्र प्रसाद यादव, दुर्गा प्रसाद साह, रामेश्वर यादव, नारायण यादव, रामकृष्ण मुखिया, विरेन्द्रनारायण देव, अरुण यादव, सुरेन्द्र यादव, सदानन्द यादव, सुनिता साह, डोमन साह, प्रभुनारायण यादव, शैलेन्द्र प्रसाद यादव, सरोजकुमार यादव, चन्द्रनारायण चौधरी, विजय चौधरी, गणेश राई रहेका छन् ।
यसैगरी सदस्यहरुमा सुरेन्द्र प्रसाद यादव, श्याम यादव, उपमा देव, परमानन्द मण्डल, चन्द्रिका यादव, शिवशंकर यादव, ईन्द्रनारायण मण्डल, केदार प्रसाद यादव, विनोद चौधरी, श्रीप्रसाद भगत, सञ्जय मिश्र, साबिर अलि, दिनेश दास, उज्जवल चौधरी, सबुरलाल सरदार, चतुरनारायण चौधरी, गनसु चौधरी, दिल कुमारी चौधरी रहेका छन् ।
यस्तै अन्य सदस्यमा उमेश यादव, कौशलेन्द्र यादव, चन्द्रनारायण यादव, दिपनारायण यादव, अभिशेक यादव, बलराम यादव, रामचन्द्र यादव, तपशी यादव, विरेन्द्र गोइत, बद्री साह, रामेश्वर यादव, बालकिशोर यादव, रामेश्वर झखरैत, देवनारायण चौधरी, रामस्वागत विश्वकर्मा, बृजमान तामाङ्ग, विरेन्द्र चौधरी र राजेन्द्र राम रहेका छन् ।
यसैगरि जिल्ला समितिको सल्लाहकारमा रामदेव यादव, हरिनन्दन साह, बेचन पण्डित, टेकनारायण यादव, राधेश्याम पण्डित, सिकिन्दर पासवान, रामअवतार यादव र अर्जुन रामलाई चयन गरिएको पार्टीले जनाएको छ ।
एकिकरण पश्चात् निर्माण भएको संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादीका राष्ट्रिय उपाध्यक्ष रेणु कुमारी यादवले जिल्ला कार्यसमिति सप्तरीको नामावली सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा नव घोषित कार्यसमितिका पदाधिकारीहरुलाई केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहले टीका लगाएर स्वागत गर्नुभएको थियो । राष्ट्रिय उपाध्यक्ष यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु अनिरुद्ध कुमार सिंह यादव, चित्तनारायण यादव, विनोद कुमार चौधरी, अशोक कुमार यादव, वुद्धिजिवी रणधीर कर्ण, महेन्द्रनारायण यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ