News Category 2072/07/12
मुक्ति रत्नबाट खड्गा, साह र सिंह पुरस्कृत अबको वार्ता प्रधानमन्त्रीसँग हुनुपर्छ ः महासचिव सुमन
दैनिक संवाददाता
राजविराज, ११ कात्तिक ।
सप्तरीका वरिष्ठ पत्रकार, साहित्यकार, समाजसेवी एवं राजनीतिज्ञ स्व. मुक्तिनाथ मण्डलको स्मरणमा गठित मुक्तिरत्न पत्रकारीता तथा मानवअधिकार र समाजसेवा पुरस्कार बुधवार राजविराजमा एक समारोह बिच वितरण गरिएको छ ।
मुक्ति रत्न पुरस्कार कान्तिपुर दैनिकका सप्तरी संवाददाता जितेन्द्र खड्गा र गोरखापत्र दैनिकका संवाददाता धिरेन्द्र प्रसाद साह तथा मानवअधिकार समाजसेवी पुरस्कार जंगबहादुर सिंहलाई प्रदान गरिएको हो । उहाहरुलाई जनही रु ६ हजार एक नगद राशीसहित प्रमाण पत्रले पुरस्कृत गरिएको हो ।
सो पुरस्कार समारोहलाई सम्बोधन गर्दै सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले पछिल्ला सरकारी वार्ता टोलीहरु अधिकार सम्पन्न नभएको हुँदा वार्ता सार्थक हुन नसकेको बताउँदै अबको वार्ता सिधै प्रधानमन्त्री केपी ओलीसँग गर्नुपर्नेमा जोड दिनुभयो ।
महासचिव सुमनले सरकारले गठन गरेको वार्ता टोलीसँग मधेशी मोर्चाको माग सम्बोधन गर्न हैसियत नरहेको भन्दै अबको वार्तामा प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्डसँग गर्नुपर्नेमा बताउनुभयो । विगत ७५ दिनदेखी मधेशमा जारि आन्दोलनप्रति सरकार गम्भिर बन्न नसकेको आरोप लगाउँदै उहाँले वार्ताको नाममा सरकारले मधेशीहरुको मजाक उडाइरहेको धारणा व्यक्त गर्नुभयो ।
युद्धमा जसरी प्रतिस्पर्धीसँग व्यवहार गरिन्छ त्यसरी नै सरकारले अहिले मधेशी जनतासँग आन्दोलनका क्रममा गरिरहेको आरोप लगाउदै उहाँले मधेशी जनताले शान्तिपूर्ण आन्दोलन गरिरहेको दाबी समेत गर्नुभयो ।
अहिलेको नाकाबन्दीबाट नेपाली जनतालाई दुःख दिने मनसाय नरहेको उल्लेख गर्दै महासचिव सुमनले नाकाबन्दी सरकारलाई दबाब दिनका लागि गरिएको स्पष्ट पार्दै अहिलेको सरकारले सम्पूर्ण ध्यान पेट्रोलियम पदार्थप्रति केन्द्रित गरेको जिकिर गर्नुभयो ।
सरकारले जसरी सम्पूर्ण ध्यान पेट्रोलियम पदार्थ भित्राउन लगाएको छ त्यतिकै ध्यान मधेशी जनताको माग सम्बोधन गर्ने प्रति लगाएमा मुलुकको असहज परिस्थिती सुध्रिने दाबी गर्नुभयो ।
पुरस्कार समितिका संयोजक मनोजकुमार माझिको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुर, सदभावना पार्टीका केन्द्रिय सदस्य हरेकृष्ण प्रसाद सिंह, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अबधेश झा, प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादव,पत्रकार महासंघ सप्तरीका पूर्व अधयक्ष विष्णु मण्डल, नागरिक संजालका अध्यक्ष सुखराम यादव लगायतकाले पुरस्कार हुनुभएकाहरुलाई शुभकामना दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ