News Category 2072/07/12
मधेश आन्दोलनको ७५ औं दिन सप्तरीमा बृहत मसाल जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ११ कात्तिक ।
मधेशमा विगत ७५ दिनदेखि जारी आन्दोलनको क्रममा बुधबार सप्तरीको राजविराजमा बृहत मसाल जुलुस प्रदर्शन गरेको छ ।
राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निकालिएको मसाल जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, मोर्चाका नेता सत्य नारायण यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, फोरम गणतान्त्रिक जिल्ला अध्यक्ष नरेन्द्र यादव, नेकपा माओवादीका जिल्ला सदस्य वैजनाथ यादव बैजु, वैद्य माओवादीका युवा नेता भुपेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, संयुक्त मधेशी राष्ट्रिय अभियानका प्रवक्ता बलराम यादव, तराई मधेश राष्ट्रिय अभियानका रामदत साह, आन्दोलन परिचालन समितिका क्षेत्रिय संयोजक एवं सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, सदभावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, युवा नेता उमेश प्रसाद साह, संघिय समाजवादी फोरम नेपालका बिनोद चौधरी, केदार यादव, संघिय विद्यार्थी फोरम नेपालका अध्यक्ष तारकेश्वर यादव, तमलोपाका उपत्य इन्चार्ज मुरली सिंह, तुफान मधेशी, युवा विद्याथीं मोर्चाका संयोजक शम्भु कुमार यादव, मलेठ मोर्चाका रामकिसुन यादव, शिक्षक कपलेश्वर मण्डल, इन्जिनियर पवन कुमार यादव, सगरमाथा यातायात व्यवसायी संघका अध्यक्ष मो. नुरुल अन्सारी लगायतकाहरुले मधेशी जनताहरु अब जागरुक भईसकेको बताउँदै अब मधेशको अधिकार सुनिश्चितता नभएसम्म जारी आन्दोलन कुनै पनि हालतमा नरोकिने उदघोष गर्नुभयो ।
त्यसैगरी सप्तरीको बिषहरिया गाविस १ स्थित दमावती टोलमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानीयरामजानकी मन्दिरबाट निकालिएको मसाज जुलुस गाउँको विभिन्न स्थानमा परिक्रमा पश्चात् आयोजित बिरोध सभामा मधेशी मोर्चाका स्थानीय नेता गोपीकृष्ण यादव, रामकुमार यादव, सुरेन्द्र यादव,नस् अनिल मण्डल, जगदेव यादव, ओम प्रकाश यादव, सुशिल यादव, सुधिर कुमार यादव लगायतकाहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म जारी आन्दोलन कुनै पनि हालतमा नरोकिने उदघोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ