News Category 2072/07/13
साहित्यकार संग्रौलाद्वारा मधेश आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउनुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, १२ कात्तिक ।
मधेश आन्दोलनको बारेमा मधेश दौडधुपमा रहेका लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले जारी मधेश आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
मधेशमा विगत ७६ दिनदेखि जारी आन्दोलनकै क्रममा बिहिबार राजविराजस्थित जनआन्दोलन चौकमा आयोजित बिरोध सभालाई प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो ।
उहाँले जारी आन्दोलन रोकियो भने संविधान संशोधन हुँदैन त्यसैले आन्दोलन नरोक्न आन्दोलनरत मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध समेत गर्नुभयो ।
मधेशी जनताहरु अढाई सय वर्षसम्म दमन र शोषण खेपिसकेको बताउँदै संग्रौलाले खण्डित नेपाललाई अखण्डित बनाउँने कार्य वर्तमान सरकारले नै गर्दै आएको तर, मधेशी जनताहरुमाथि सरकारले सो आरोप लगाईरहेको बताउनुभयो ।
उहाँले संघियताले अखण्ड नेपाल नहुँने जिकिर गर्नुहुँदै मधेशमा जारी आन्दोलन हिंसात्मक नरहेको उल्लेख गर्नुभयो । उहाँले राज्यको कार्य हिंसात्मक भएको आरोप समेत लगाउनुभयो ।
बर्तमान सरकार संविधान जारी भएपछि मन्त्री बाडफाँडमा ब्यस्त रहेको छ, तर मधेशी जनताहरु आप्mनो हकअधिकार र पहिचानको लागि विगत ७६ दिनदेखि आन्दोलनरत रहेपनि मधेशी समुदायको जायज माग सम्बोधन गर्नेतर्फ सरकारको ध्यान नपुगेको आरोप लगाउनुभयो ।
एक अर्को प्रसङ्गणमा उहाँले राज्यले नै मधेशमाथि विभेद गरेको आरोप लगाउँदै मधेशीमाथि विभेद र दमन भईरहेकोले मधेशी समुदायको जायज माग अविलम्ब सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आन्दोलन धेरै लामो भएपछि आन्दोलनमा धेरै किसिमका समस्याहरु आउन सक्छ भन्नुहुँदै आन्दोलनमा घुषपैठ सम्म हुन सक्छ, आन्दोलनकारीहरु थकित समेत हुन सक्ने बताउनुभयो । आन्दोलनलाई भ्रमित गर्नको लागि आन्दोलन विरोधीहरु विभिन्न किसिमका प्रयत्नहरु गर्न सक्ने बताउँनहुँदै उहाँले जारी आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मधेश तराईमा रहेका पहाडी, दलित, जनजाति, थारु, मुस्लिमहरुको सबै एक्वद्धता जोडदार रुपमा आउनुपर्ने समेत जोड दिनुभयो । उहाँले भन्नुभयो, “यो देशमा स्वतन्त्रता लागि जब मानिसहरु बोले त्यति वेला उनीहरुलाई केही न केही आरोपहरु लाग्ने गरेको छ ।” राणा शासनमा देशद्रोही भनियो, पञ्चयातमा अराष्ट्रिय तत्व र उग्रवादी भनियो, संसदीय पद्धतीमा आतंकारी भनियो अहिले प्रगतिशिल परिवर्तनको पक्षमा बोल्नेलाई विखण्डनकारी भनिएको उहाँको भनाई छ । उहाँलाई जातिवादी भनिन्छ, त्यतिमा नपुगेर उनलाई दिल्लीको दलाल भनिएको उहाँको भन्नुभयो ।
बिरोध सभालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “संघियता भनेको तोड्ने होइन, जोड्ने हो । मधेश आन्दोलन नेपाललाई तोड्नका लागि होइन् ।”
मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादवको अध्यक्षता तथा साहित्यकार युग पाठक र रामरिझन यादवको बिशिष्ट आतिथ्यमा आयोजित सो बिरोध सभामा तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, सदभावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, मोर्चाका नेता उमेश साह, तुफान मधेशी, वैद्य माओवादीका भुपेन्द्र यादव, आन्दोलन परिचालन समितिका क्षेत्रिय संयोजक एवं सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी फोरम नेपालका अध्यक्ष तारकेश्वर प्रसाद यादव, मोर्चा मलेठका रामकिसुन यादव, सदभावना पार्टी ईटहरी बिष्णुपुरका पंचदेव यादव लगायतका बक्ताहरुले मधेशमा जारी आन्दोलन अधिकार प्राप्त नभएसम्म नरोकिने उदघोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ