News Category 2072/07/14
आन्दोलनलाई अझ सशक्त रुपले अगाडी बढाउन बौद्धिक समाजको अपील
दैनिक संवाददाता
राजविराज, १३ कात्तिक ।
बौद्धिक समाज सप्तरीले जारि मधेश आन्दोलनलाई अझ सशक्त रुपले अगाडी बढाउन जिल्लाका सम्पूर्ण बुद्धिजिवि, नागरिकलाई अपील गरेको छ ।
वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको अध्यक्षतामा शुक्रबार राजविराजमा सम्पन्न जारि मधेश आन्दोलन बारे छलफल कार्यक्रममा सो अपील गरेको हो ।
कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ मण्डलले विगत अढाई महिना भन्दा बढी समयदेखी जारि मधेश आन्दोलनका कारण मुलुक आर्थिक संकटबाट गुज्रिरहँदा सरकार आफ्नो अहमका कारण मधेशी जनताको अधिकारको लडाईलाई नबुझेर आन्दोनलाई भारतीय नाकाबन्दीको नाम दिँदै भ्रम मात्र फैलाउन खोजेको आरोप लगाउनुभयो ।
उहाँले अधिकार प्राप्तिको लडाई अझ लम्बिन सक्ने संकेत देखा परेको भन्दै मधेशी जनतालाई यस अवस्थाबाट अलिकति पनि बिचल्लि नहुन आग्रह समेत गर्नुभयो । उहाँले करिब तीन महिनादेखी चलेको आन्दोलनका कारण शिक्षा, व्यवसायी, खेती, स्वास्थ्य क्षेत्र पूर्ण रुपले ठप्प भएको बताउँदै यस्तो अवस्था अझ केही दिनसम्म रहने अवगत गराउनुभयो ।
त्यस्तै कार्यक्रममा बुद्धिजिवि रामनरेश सिंहले आन्दोलनका कारण सम्पूर्ण वर्ग प्रभावित भइसकेकोले अब आन्दोलन कुनै नेताका लागि नभएर सम्पूर्ण आम मधेशी जनताको भावी सन्ततीका लागि भइरहको उल्लेख गर्नुभयो । उहाँले सरकार मधेशी जनताप्रति पूर्ण रुपले उदासिन रहेको भन्दै मधेश आन्दोलनका कारण मुलुकको सम्पूर्ण भागमा जनता त्राहिमाम भइरहेको जिकिर गर्नुभयो । उहाँले अधिकार प्राप्तिको लडाईलाई निरन्तरता राख्नमा जोड समेत दिनुभयो ।
त्यस्तै सेवानिवृत प्राध्यापक अमरकान्त झाले सरकारको मानसिकता मधेशीलाई अधिकार नदिने रहेको भन्दै सरकारले मधेश आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्न खोजेको आरोप समेत लगाउनु भयो । उहाँले राष्ट्रिय मिडिया समेत सरकारकै पक्षमा रहेको भन्दै स्थानिय मिडियाहरुले आन्दोलनमा खेलेको भूमिकालाई प्रसंशा समेत गर्नुभयो ।
प्राध्यापक झाले आन्दोलनको सशक्त सस्त्र नाकाबन्दी नै रहेकोले यसलाई अझ सशक्त गर्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा सेवानिवृत शिक्षिका मिना ठाकुर, पूर्वप्राध्यापक भवेन्द्र यादव, विशेश्वर यादव, सुगम्बर यादव, प्रयाग यादव, हेम कुमार मिश्र, पूर्वप्राध्यापक नथुनी दास, वरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, शिवहरि भट्टराई, संचारकर्मी जितेन्द्र खड्गालगायत आन्दोलनलाई अझ सशक्त रुपमा अगाडी बढाउन आन्दोलनकारीहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच सोही कार्यक्रममा आन्दोलनलाई मद्दत पु¥याउन तथा समन्वकारी भूमिका निर्वाह गर्न सात सदस्यीय समिति गठन गरेको छ । सो समितिमा पूर्व प्राध्यापक अमरकान्त झा, वरिष्ठ पत्रकार अनिलकुमार अनल, संचारकर्मी जितेन्द्र खड्गा, हेमकुमार मिश्रा, सेवानिवृत शिक्षिका मिना ठाकुर, पूर्व प्राध्यपक भवेन्द्र यादव, सुगम्बर यादव रहनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ