News Category 2072/07/15
प्रहरी राजमार्ग केन्द्रित हुँदा राजविराजमा चोरीको घटना बढ्यो
राजविराज÷सप्तरीको सदरमुकाम राजविराज नगरपालिकामा विगत केही दिनयता चोरीको घटनामा वृद्धि भएको छ ।
अहिले जिल्लाका सम्पूर्ण प्रहरी रातीको समयमा राजमार्गबाट मालसमान स्कटिङ गरी राजधानी काठमाडौं पठाउनमा केन्द्रित हुँदा नगरमा चोरीको घटना बृद्धि भएको स्थानियहरुले आरोप लगाएका छन् ।
प्रहरी राजमार्ग केन्द्रित हुँदा नगरमा चोरी लगायत अन्य घटना समेत हुन सक्ने सम्भावनालाई स्थानिय प्रशासनले वेवास्ता गर्दै आएको छ । यता प्रहरी रातीको समयमा राजमार्ग केन्द्रित हुने कुरालाई जिल्ला प्रहरी कार्यालय सप्तरी स्विकार समेत गरेको छ ।
पछिल्लो पटक शुक्रबार राति राजविराज नगरपालिका–५ स्थित सदभावना पार्टीका केन्द्रीय सदस्य हरेकृष्णप्रसाद सिंह हरिबाबुको घरमा लाखौंको धनमाल चोरी भएको हो ।
घरमा कोही नभएको मौका छोपी चोरले घरभित्र रहेको नगद जिन्सी, गरगाहना तथा भाडाकुडा गरी करिब रु १० लाख बराबरको चोरी गरेको सिंहले जानकारी दिनुभयो ।
यस्तै शुक्रबार राती वन कार्यालयको पूर्वपट्टी गल्लीस्थित एक सटरबाट चोरहरुले चोरीको प्रयास गरेका छन् । सटरमा लगाइएको ताला फुटाउन नसक्दा सोही स्थानमा रहेको सार्वजनिक कलको हेन्डल चोरहरुले लगेका छन् ।
यता चोरी कसले र किन गरेको खुल्न नसकेपनि चोरी गर्ने ब्यक्तिको तीव्र रुपमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि चार दिनअघि मात्र राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको भवनमा बहालमा रहेको कल्याणपोष्ट दैनिक पत्रिकाको कार्यालय समेत रातीको समयमा चोरी भएको छ । सो कार्यालयबाट एक थान एलसिडी, एक थान ल्यापटप र एक थान क्यामरा चोरी भएको थियो ।
घरबाटै मोटरसाइकल चोरी
राजविराज÷राजविराज नगरपालिका वडा नं. ८ सरस्वती टोलबाट शुक्रबार राती एक जनाको घरबाट मोटरसाइकल चोरी भएको छ ।
स्थानिय प्रेम यादवको घरबाट को. १० प ६१६ नम्बरको अपाची कलोरंगको मोटरसाईकल चोरी भएको पीडितले बताएका छन् ।
ओभरसियर समेत रहेका यादवले राती घरमा मोटरसाइकलको हेन्डल लक गरेर राखे् पनि चोरहरुले घरबाटै मोटरसाइकल चोरेर लगेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ