News Category 2072/07/15
मधेशी जनताले हकअधिकार नपाए मुलुकमा बिद्रोह हुने ः रामसपा उपाध्यक्ष सिंह
राजविराज÷राष्ट्रिय मधेश समाजवादी पार्टीका बरिष्ठ राष्ट्रिय उपाध्यक्ष शेखर कुमार सिंहले मधेशी जनताको हकअधिकार र पहिचान नदिए मुलुकमा बिद्रोह हुने सक्ने चेतावनी दिनुभएको छ ।
मधेशी मोर्चा आन्दोलन परिचालन समिति बेल्ही चपेनाको आयोजनामा मधेशमा जारी आन्दोलनलाई अझ सशक्त र खासगरी नाकालाई पुर्ण रुपमा ठप्प पार्ने उद्देश्यले वैजनाथ चौकमा शनिबार आयोजित बिरोध सभामा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै सिंहले सो कुरा बताउनुभएको हो ।
उहाँले मधेशी जनताहरु दमन र शोषण खेपिसकेकोले अब आप्mनो हकअधिकार र पहिचानका लागि मधेश र पहाडबिच बिखण्डन सम्म गर्न पछाडी नपर्ने बताउनुभयो ।
आन्दोलन परिचालन समिति बेल्ही चपेनाका अध्यक्ष राज कुमार मण्डल राजको अध्यक्षता तथा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास कुमार तिवारीको बिशिष्ट आतिथ्यमा आयोजित सो बिरोध सभामा संघिय समाजवदाी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सदभावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, नकेपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादव, मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादव, मोर्चाका नेता सत्य नारायण यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, फोरम गणतान्त्रिक जिल्ला अध्यक्ष नरेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, नेपाल सदभावना पार्टी जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, वैद्य माओवादीका बिशेश्वर मण्डल, क्षेत्र न. ४ का क्षेत्रिय संयोजक अमरनाथ यादव, समाजसेवीद्वय बिश्वजीत सिंह, गाबिसका भुपु मुखिया हरीलाल मण्डल, रामअवतार मण्डल, बिशेश्वर मण्डल, जय नारायण यादव, भोला मण्डल, नपुल हुसेन, बद्री यादव, धर्मराज मण्डल, तेज नारायण यादव रामसपा जिल्ला सचिव रामनारायण विश्वास, मिथिलेश यादव, अमरेन्द्र यादव सहितकाहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने उदघोष गर्नुभयो ।
तमलोपा विद्यार्थी फ्रन्टका केन्द्रिय सदस्य एवं स्थानीय युवा नेता बिशेश्वर मण्डलद्वारा संचालित सो सभामा राष्ट्रिय मधेश समाजवादी पार्टी जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ