News Category 2072/07/15
आन्दोलनलाई सहयोग पु¥याउन बुद्धिजिवि समाज गठन
राजविराज÷बौद्धिक समाज सप्तरीले जारि मधेश आन्दोलनलाई सहयोग पु¥याउने उद्देश्यले शनिबार सात सदस्यीय बुद्धिजिवि समाज गठन गरेको छ ।
सो समाजको संयोजकमा पूर्व प्राध्यापक अमरकान्त झा, सचिवमा वरिष्ठ पत्रकार अनिलकुमार अनल तथा सदस्यहरुमा संचारकर्मी जितेन्द्र खड्गा, हेमकुमार मिश्रा, सेवानिवृत शिक्षिका मिना ठाकुर, पूर्व प्राध्यपक भवेन्द्र यादव, सुगम्बर यादव रहनुभएको छ ।
यस अघि वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको अध्यक्षतामा शुक्रबार राजविराजमा सम्पन्न बौद्धिक समाज सप्तरीको बैठकले जारि आन्दोलनलाई अझ सशक्त बनाउन जिल्लाका सम्पूर्ण बुद्धिजिवि, नागरिकलाई अपील गरेको छ ।
कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ मण्डलले मुलुक अहिले आर्थिक संकटबाट गुज्रिरहँदा सरकार आफ्नो अहमका कारण मधेशी जनताको अधिकारको लडाईलाई नबुझेर आन्दोनलाई भारतीय नाकाबन्दीको नाम दिँदै भ्रम मात्र फैलाउन खोजेको आरोप लगाउनुभयो ।
उहाँले विगत अढाई महिना भन्दा बढी समयदेखी जारि मधेश आन्दोलनका कारण शिक्षा, व्यवसायी, खेती, स्वास्थ्य क्षेत्र पूर्ण रुपले ठप्प भएको बताउँदै यस्तो अवस्था अझ केही दिनसम्म रहने अवगत गराउनुभयो ।
उहाँले अधिकार प्राप्तिको लडाई अझ लम्बिन सक्ने संकेत देखा परेको भन्दै मधेशी जनतालाई यस अवस्थाबाट अलिकति पनि बिचल्लि नहुन आग्रह समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा बुद्धिजिवि रामनरेश सिंहले आन्दोलनका कारण सम्पूर्ण वर्ग प्रभावित भइसकेकोले अब आन्दोलन कुनै नेताका लागि नभएर सम्पूर्ण आम मधेशी जनताको भावी सन्ततीका लागि भइरहको उल्लेख गर्नुभयो । उहाँले सरकार मधेशी जनताप्रति पूर्ण रुपले उदासिन रहेको भन्दै मधेश आन्दोलनका कारण मुलुकको सम्पूर्ण भागमा जनता त्राहिमाम भइरहेको जिकिर गर्नुभयो । उहाँले अधिकार प्राप्तिको लडाईलाई निरन्तरता राख्नमा जोड समेत दिनुभयो ।
त्यस्तै सेवानिवृत प्राध्यापक अमरकान्त झाले सरकारको मानसिकता मधेशीलाई अधिकार नदिने रहेको भन्दै सरकारले मधेश आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्न खोजेको आरोप समेत लगाउनु भयो । उहाँले राष्ट्रिय मिडिया समेत सरकारकै पक्षमा रहेको भन्दै स्थानिय मिडियाहरुले आन्दोलनमा खेलेको भूमिकालाई प्रसंशा समेत गर्नुभयो ।
प्राध्यापक झाले आन्दोलनको सशक्त सस्त्र नाकाबन्दी नै रहेकोले यसलाई अझ सशक्त गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ