News Category 2072/07/16
आन्दोलनलाई अझ सशक्त बनाउने मोर्चाको निर्णय सरकारसँगको वार्ता बिना निष्कर्ष टुङ्गियो
दैनिक संवाददाता
राजविराज, १५ कात्तिक ।
दुई दिनसम्म जनकपुरमा चलेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सातबुँदे निर्णयहरु सार्वजनिक गरेको छ भने मोर्चा र सरकारसँग आइतबार सम्पन्न बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
आइतबार बैठक सम्पन्न पछि मोर्चाले जारी गरेको विज्ञप्तिमा आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु जारी नै रहने जनाएको छ । आमहडताल, राजमार्ग अवरोध, नाकाअवरोध, उद्योग र कलकारखाना लगायत सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको बन्दी अझ बढी सशक्त रुपमा अगाडि बढाउने मोर्चाले निर्णय गरेको हो ।
मोर्चाले जनपरिचालनका कार्यक्रमहरु अझ बढी सशक्त र सहभागितामूलक बनाउने निर्णय गरेको हो । सरकारले वार्ताद्वारा समस्या समाधान गर्नुको साटो वार्तालाई निरर्थक तथा उपलब्धीहीन र निष्कर्ष्विहीन बनाई वार्ताको नाटक मात्र रच्ने कार्य गरेको मोर्चाले आरोप लगाएको छ ।
वार्तालाई परिणाममुखी बनाउन सरकार संवेदनशील हुनुपर्ने माग मोर्चाले गरेको छ । शान्तिपूर्ण र अहिंसात्मक सहयोग आन्दोलनका दौरान सम्पूर्ण औद्योगिक तथा व्यावसायिक, किसान लगायतकाले लिएका बैंक ऋणको ब्याज र जरिवाना मिन्हा गर्नुपर्ने माग गरेको छ । संंवैधानिक रुपले मुद्दाहरु सम्बोधन नहुञ्जेलसम्म आन्दोलन निरन्तर रुपमा यथावत नै रहने मोर्चाले जनाएको छ ।
यसैबीच सरकार र मधेशी मोर्चाबीचको आइतबारको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । सरकारका तर्फबाट वार्ता टोलीको नेतृत्व गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वार्ता सकारात्मक भए पनि निष्कर्षमा नपुगेको बताउनुभयो ।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले सिमाङ्कनका बारेमा काँग्रेस लगायतका अन्य दलसँग छलफल गरि सहमति जुटाउने बताउनुभयो । यता अब वार्ता कहिले हुने बारे कुनै समय तोकिएको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ