News Category 2070/04/29
एमाओवादी सप्तरीको सबै निर्वाचन क्षेत्रमा बिजयी हुन्छ ः प्रभु साह
दैनिक संवाददात
राजविराज, २८ साउन ।
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रभु साहले मधेशवादी दलहरु प्रति मधेशी जनताको बितृष्णा बढ्दै गएकाले आफ्नो सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा बिजयी हासिल गर्ने दाबी गर्नुभएको छ ।
एकिकृत नेकपा माओवादी सप्तरी क्षेत्र नम्बर ३ द्वारा चुनावी अभियान अन्तर्गत आयोजित अन्तरक्रियामा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले अघिल्लो निर्वाचनका क्रममा मधेश आन्दोलनले माओवादी प्रति केही नाकारात्मक फैलाएको, पार्टीले पनि निर्वाचनलाई राम्ररी बुझ्न नसकेको र मधेशबादी दलहरु पनि सशक्त भएकाले अघिल्लो निर्वाचनमा सप्तरीमा आफ्नो पार्टीले चुनाव जीत्न नसकेको बताउँदै उहाँले अहिलेको परिवेश फरक रहेकाले सप्तरीको सबै क्षेत्रमा एमाओवादीले चुनाव जित्ने सम्भावना रहेको दाबी गर्नुभयो ।
पार्टीले शुरु गरेको एक महिने चुनावी अभियानलाई लिएर सप्तरीको गाउँ गाउँमा पुग्दा माओवादी प्रति व्यापक जनलहर देखिएको बताउनुहुँदै साहले काँग्रेस र एमालेकै कारण अघिल्लो संबिधानसभा बिघटन भएको जनताले समेत बुझिरहेको बताउनुभयो ।
निर्वाचन छिटो भन्दा छिटो होस भन्ने जनताले चाहिरहेको बताउनुहुँदै उहाँले निर्वाचन हुन्छ भन्ने जनतामा बिश्वास बढ्दै गएकोले यसलाई कसैले रोक्न नहुने जिकिर गर्नुभयो ।
मुलुकको निकासका लागि निर्वाचन बाहेकको बिकल्प नरहेको बताउनुहुँदै उहाँले अगामी मंसिर ४ गते संविधानसभाको निर्वाचन नभए मुलुक झन अन्यौलताको भुमरीमा फस्ने दाबी गर्नुभयो ।
कार्यक्रममा एमाओवादीका अर्का केन्द्रीय सदस्य हकिकुल्ला खाँले अहिले सम्म प्राप्त भएका उपलब्धीहरुको स्वामित्व लिएर त्यसको संस्थागत गर्नका लागि चुनावमा आउन नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यलाई आग्रह गर्नुभयो ।
एकिकृत नेकपा माओवादी सप्तरी क्षेत्र नम्बर ३ का संयोजक भागवत यादवको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा एमओवादीका केन्द्रीय सल्लाहकारहरु सत्यनारायण भगत, निमान्द गैरेले पनि चुनावी अभियानको औचित्य बारे बोल्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ