News Category 2072/07/17

बिरगंजमा एक प्रदर्शनकारीको मृत्यु, अनिश्तिकालिन कफर््यु जारि

दैनिक समाचारदाता

दैनिक संवाददाता
बिरगंज, १६ कात्तिक ।  
नेपाल–भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर सोमबार विहान हटाएको विरोधमा वीरगन्जमा सोमबारैभएको प्रदशर्नका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । 
नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेटनजिक सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा भारतको रक्सौल नयाँ रोडका २४ वर्षका आशिषकुमार राम रहेको  गृहमन्त्रालयले पुष्टि गरेको छ । छन् । झडपका क्रममा प्रहरीले चलाएको गोली टाउकोमा लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । 
यसैबीच स्थानिय प्रशासनले बिरगंजमा सोमबार दिउँसो ३ बजेदेखी अनिश्चितकालिन कफर््यु जारि गरेको छ । 
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेहरूमा वीरगन्ज रामटोलका रबि यादव, रेशमकोठीका गोविन्द साह, भेडियारीका भुलन साह र शिवजी साह सोनार लगायत रहेका छन् । उनीहरूको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । 
घाइतेमध्ये शिवजी साह सोनारको स्वास्थ्यस्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ । त्यस्तै, प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा आठ सुरक्षाकर्मीसहित १८ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीको लाठी प्रहारबाट आदर्शनगरका राहुल दास, सरोज कुमार, राकेश गुप्तालगायतका व्यक्ति घाइते भएका छन् ।
यता प्रदर्शनकारीले बिहानदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारी र प्रहरीबीच वीरगन्जमा पटकपटक भइरहेको झडपका कारण यहाँको जनजीवन त्रसित बनेको छ । 
यता मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जको हुलाक कार्यालय र महुवन प्रहरी चौकीमा आगजनी समेत गरेका छन् । 
यसअघि सोमबार विहान करिब ५ बजे सुरक्षाकर्मीले धर्नामा बसेका आन्दोलनकारीलाई बल प्रयोग गरेर हटाएपछि नेपालतर्फ रोकिराखिएका भारतीय ट्रकहरुलाई भारततर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आन्दोलनकारीहरुको धर्नाका कारण विगत एक महिनादेखि बीरगन्ज नाकामा रोकिएर बसेका भारतीय नम्बरका दर्जनौं ट्रकहरुलाई सिमावर्ती भारतीय शहर रक्सौलतर्फ पठाइएको बताइएको छ । 
आन्दोलनका कारण नेपालतर्फ रोकिएका भारतीय ट्रकमध्ये बिहान ९ बजेसम्म करिब २०० ट्रकलाई भारततर्फ पठाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । भारतको विहार राज्यमा चुनाव भइरहेको सन्दर्भमा नेपाल–भारत सीमा नाका बन्द गरिएको बेला रातिको समयमा मितेरी पुलमा थोरै सङ्ख्यामा रहेका मधेसकेन्द्रित दलका कार्यकर्तालाई सुतेको समय पारेर सुरक्षाकर्मीले एकाबिहानै बल प्रयोग गरेर त्यहाँबाट हटाएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट