News Category 2072/07/18
नाकाहरु अवरुद्ध पार्ने कार्यलाई तिब्रता
दैनिक संवाददाता
राजविराज, १७ कात्तिक ।
मधेशी मोर्चा सप्तरीले जिल्लाका विभिन्न नाकाहरु अवरुद्ध पार्ने कार्यलाई तिब्रता दिएको छ ।
विगत केही समय यता सप्तरीको विभिन्न नाका भएर पेट्रोलियम पदार्थको चोरी तस्करी फष्टाएको भन्दै ती नाकाहरुमा मोर्चाले कडाई गरेको छ ।
सोही क्रममा जिल्लाको छिन्नमस्ता गाविसस्थित सखडा, गोविन्दपुर, महुवा, मोहनपुर सहितका स्थान भएर खासगरी डिजेल, पेट्रोल र खाना पकाउँने ग्यासको ब्यापक मात्रामा चोरी तस्करी फष्टाएको स्थानीयबासीहरु बताउँछन । सो नाका भएर एका बिहानै तथा अबेर रातिको समयमा पेट्रोलियम पदार्थको चोरी तस्करी फष्टाएका हुन ।
यसैबिच विगत केही समय यता सो नाका भएर पेट्रोलियम पदार्थको चोरी र तस्करी फष्टाएको ब्यापक जनगुनासो आएपछि मंगलबार मधेशी मोर्चासँग आवद्ध नेकपा माओवादीका युवा नेता जय प्रकाश यादवको नेतृत्वमा त्यहाँका नेता तथा कार्यकर्ताहरुले छिन्नमस्ताको सखडामा नेपालबाट भारत ग्यास तथा पेट्रोलियम पदार्थ लिन जानेहरुलाई रोक लगाएको छ । यस उप्रान्त पेट्रोलिय पदार्थ लिन सो नाका भएर नेपाली मोटरसाईकलहरु भारत गएको पाईएमा मोर्चाले नियन्त्रणमा लिने चेतावनी दिएको मोर्चाका नेता यादवले जानकारी दिनुभयो ।
त्यसैगरी सप्तरीको मौवहा बेल्ही सडक खण्डमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले दुई वटा मधेश चेक पोष्ट स्थापना गरी धर्नामा बसेको छ । सोही क्रममा ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्सपेक्टरले मधेश चेक पोष्ट स्थापना तोडेपछि प्रहरी र प्रदर्शनकारीबिच समान्य झडप समेत भएको छ । झडपपछि आन्दोलनकारीहरुले ईलाका प्रहरी कार्यालय कडरबोनाको पिकअप भ्यानको सिसा समेत फुटाएका छन् ।
विगत १२ दिनदेखि संघीय समाजवादी फोरम नेपालका दयानन्द गोइतको नेतृत्वमा जिल्लाको बेल्ही, रामनगरलगायतका नाकाहरु पूर्ण रुपमा ठप्प पारेका छन् । उक्त कार्यक्रमहरुमा रामनगर, रौतहट, मौवहाबेल्ही, मल्हनियाँका वासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको छ ।
त्यसैगरी सप्तरीकै बेल्ही चपेना गाविसस्थित वैद्यनाथ चौकमा मंगलबार पनि नाका ठप्प तथा धर्ना जारी रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ