News Category 2072/07/19
मधेशी मोर्चाद्वारा आन्दोलन सशक्त बनाउने निर्णय
दैनिक संवाददाता
राजविराज, १८ कात्तिक ।
संयुक्त मधेशी मोर्चा सप्तरीले जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ ।
मधेशी मोर्चा सप्तरी तथा मधेशी मोर्चा नगर समितिको राजविराजस्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा बुधबार बसेको संयुक्त बैठक तथा उद्यमी व्यवसायीसँगको बृहत छलफलबाट सो निर्णय गरिएको हो ।
मोर्चाका नगर संयोजक उमेश प्रसाद साहको अध्यक्षता तथा मोर्चासँग आवद्ध १३ वटै दलका प्रतिनिधीहरुको उपस्थितिमा बसेको बृहत बैठकमा उद्योगी, व्यवसायी, मजदुर तथा यातायात व्यवसायीको समेत बाक्लो उपस्थिति रहेको थियो ।
बैठकमा मोर्चाको नगर समिति विस्तार, बजार बन्द तथा नाका र राजमार्ग केन्द्रित आन्दोलनलाई अझ प्रभावकारी र कडा बनाउने निर्णय गरिएको छ ।
सो बैठकमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, नेकपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादव, मोर्चा सप्तरीका संयोजक सुनिल कुमार झा, सचिवालय सदस्य सत्य नारायण यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, सप्तरी उद्योग वाणिज्य संघका महासचिव अनन्त साह, सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारी, ट्रक व्यवसायी संघ सप्तरीका अध्यक्ष जगदिश प्रसाद आर्याल, टेम्पो व्यवसायी संघका अध्यक्ष जगरनाथ दास, म्याजिक भ्यान संघका हरेराम यादव तथा माईक्रो व्यवसायी संघका अजित कुमार लगायतकाहरुले जारी आन्दोलनलाई अझ सशक्त बनाउन आ–आप्mनो सुझाव राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ