News Category 2072/07/20
वर्तमान सरकार महेन्द्रवादसँग प्रभावित ः रामसपा अध्यक्ष भण्डारी
दैनिक संवाददाता
राजविराज, १९ कात्तिक ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष सरतसिंह भण्डारीले वर्तमान सरकार महेन्द्रवादसँग प्रभावित रहेको आरोप लगाउनु भएको छ ।
मधेशी पत्रकार समाज सप्तरीको आयोजना बिहीबार राजविराजमा आयोजित जारि आन्दोलन र अबको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले वर्तमान सरकार राजा महेन्द्रकै पथमा चलिरहेको आरोप लगाउनु भएको हो ।
उहाँले राजा महेन्द्रले मधेशको भू–भागमा पहाडीमूलका बासिन्दालाई बसोबास गराएर भारतको बिरोध गर्नेहरु ठूलो राष्ट्रवाद हुने कुरा उनीहरुको मानसिकतामा बसाएकै कारण अहिलेको सरकार पनि सोही मानसिकतामा हिडिरहेको बताउनुभयो ।
उहाँले मधेशीले एक राष्ट्र, एक नेपाल बनाउन चाहेको र विभेदको समाप्तिको लडाई लडिरहेको बेला राज्यले उनीहरुलाई बिखण्डनकारीको संज्ञा दिइरहेको आरोप लगाउदै भन्नुभयो, “मधेशी शक्ति राष्ट्रवादी शक्ति हुन् ।”
शाषक वर्गले झण्डै तीन महिनादेखी जारि मधेश आन्दोलनलाई वेवास्ता गरेको आरोप लगाउँदै अध्यक्ष भण्डारीले अब आन्दोलन राष्ट्रव्यापी रुपमा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाले नाकाबन्दी भारतले नगरेको भन्दै आन्दोलन मधेशी मोर्चाले गरिरहेको स्पष्ट पार्नुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष भण्डारीले करिब तीन महिनादेखी जारि मधेश आन्दोलनले उचाई प्राप्त गरिरहदा लक्ष्य प्राप्त नगरेपनि अहिले सो आन्दोलनका कारण मधेशका बच्चा बच्चाले आफ्नो हकअधिकार बारे सचेत भइसकेको दाबी गर्नुभयो ।
अध्यक्ष भण्डारीले आफूहरुको मोर्चा अन्य आन्दोलनरत मधेशी दलहरुको मोर्चासँग निःशर्त सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
सो अन्तरक्रियामा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले नेकपा एमालेले जारि आन्दोलनलाई जातिय रुप दिन खोजिरहेको आरोप लगाउनुभयो । उहाँले विगतमा भएको ८ बुँदे सम्झौता कार्यान्वयन गरे आन्दोलन स्वत समाप्त हुने जिकिर गर्नुभयो । उहाँले आन्दोलन कुनै जाति, समुदाय, व्यक्ति बिशेष बिरुद्ध नभएको स्पष्ट पार्दै आन्दोलन राज्य, सामन्ति र शोषक बिरुद्ध रहेको उल्लेख गर्नुभयो ।
मधेशी पत्रकार समाजका जिल्ला अध्यक्ष शैलेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेपाल निजामति मधेशी कर्मचारी संघका जिल्ला अध्यक्ष अजय झा, मेधशी मोर्चाका नेता सत्यनारायण यादव, संचारकर्मी जितेन्द्र खड्गा, पत्रकार महासंघका पूर्व अध्यक्षद्वय शिवहरि भट्टराई, धिरेन्द्र प्रसाद साह, मधेशी मोर्चा सप्तरीका संयोजक सुनिल झा, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, रामसपाका राष्ट्रिय उपाध्यक्ष शेखर सिंह, प्रवक्ता केशव झा, पूर्वराज्य मन्त्रि शत्रुहन सिंह कोइरी, फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य गंगाराम यादव लगायतले बोल्नु भएको थियो ।
सो कार्यक्रम पश्चात् अध्यक्ष भण्डारी र यादवले राजविराजस्थित गजेन्द्र चौकमा रहेको मधेशका मशिहा स्व. गजेन्द्र नारायण सिंहको शालिकमा फुलमाला अर्पण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ