News Category 2072/07/20
वर्तमान सरकार महेन्द्रवादसँग प्रभावित ः रामसपा अध्यक्ष भण्डारी
दैनिक संवाददाता
राजविराज, १९ कात्तिक ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष सरतसिंह भण्डारीले वर्तमान सरकार महेन्द्रवादसँग प्रभावित रहेको आरोप लगाउनु भएको छ ।
मधेशी पत्रकार समाज सप्तरीको आयोजना बिहीबार राजविराजमा आयोजित जारि आन्दोलन र अबको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले वर्तमान सरकार राजा महेन्द्रकै पथमा चलिरहेको आरोप लगाउनु भएको हो ।
उहाँले राजा महेन्द्रले मधेशको भू–भागमा पहाडीमूलका बासिन्दालाई बसोबास गराएर भारतको बिरोध गर्नेहरु ठूलो राष्ट्रवाद हुने कुरा उनीहरुको मानसिकतामा बसाएकै कारण अहिलेको सरकार पनि सोही मानसिकतामा हिडिरहेको बताउनुभयो ।
उहाँले मधेशीले एक राष्ट्र, एक नेपाल बनाउन चाहेको र विभेदको समाप्तिको लडाई लडिरहेको बेला राज्यले उनीहरुलाई बिखण्डनकारीको संज्ञा दिइरहेको आरोप लगाउदै भन्नुभयो, “मधेशी शक्ति राष्ट्रवादी शक्ति हुन् ।”
शाषक वर्गले झण्डै तीन महिनादेखी जारि मधेश आन्दोलनलाई वेवास्ता गरेको आरोप लगाउँदै अध्यक्ष भण्डारीले अब आन्दोलन राष्ट्रव्यापी रुपमा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाले नाकाबन्दी भारतले नगरेको भन्दै आन्दोलन मधेशी मोर्चाले गरिरहेको स्पष्ट पार्नुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष भण्डारीले करिब तीन महिनादेखी जारि मधेश आन्दोलनले उचाई प्राप्त गरिरहदा लक्ष्य प्राप्त नगरेपनि अहिले सो आन्दोलनका कारण मधेशका बच्चा बच्चाले आफ्नो हकअधिकार बारे सचेत भइसकेको दाबी गर्नुभयो ।
अध्यक्ष भण्डारीले आफूहरुको मोर्चा अन्य आन्दोलनरत मधेशी दलहरुको मोर्चासँग निःशर्त सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
सो अन्तरक्रियामा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले नेकपा एमालेले जारि आन्दोलनलाई जातिय रुप दिन खोजिरहेको आरोप लगाउनुभयो । उहाँले विगतमा भएको ८ बुँदे सम्झौता कार्यान्वयन गरे आन्दोलन स्वत समाप्त हुने जिकिर गर्नुभयो । उहाँले आन्दोलन कुनै जाति, समुदाय, व्यक्ति बिशेष बिरुद्ध नभएको स्पष्ट पार्दै आन्दोलन राज्य, सामन्ति र शोषक बिरुद्ध रहेको उल्लेख गर्नुभयो ।
मधेशी पत्रकार समाजका जिल्ला अध्यक्ष शैलेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेपाल निजामति मधेशी कर्मचारी संघका जिल्ला अध्यक्ष अजय झा, मेधशी मोर्चाका नेता सत्यनारायण यादव, संचारकर्मी जितेन्द्र खड्गा, पत्रकार महासंघका पूर्व अध्यक्षद्वय शिवहरि भट्टराई, धिरेन्द्र प्रसाद साह, मधेशी मोर्चा सप्तरीका संयोजक सुनिल झा, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, रामसपाका राष्ट्रिय उपाध्यक्ष शेखर सिंह, प्रवक्ता केशव झा, पूर्वराज्य मन्त्रि शत्रुहन सिंह कोइरी, फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य गंगाराम यादव लगायतले बोल्नु भएको थियो ।
सो कार्यक्रम पश्चात् अध्यक्ष भण्डारी र यादवले राजविराजस्थित गजेन्द्र चौकमा रहेको मधेशका मशिहा स्व. गजेन्द्र नारायण सिंहको शालिकमा फुलमाला अर्पण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ