News Category 2072/07/20
आन्दोलनमा नेतृत्व पंक्तिको सक्रिय सहभागिता नरहेको आरोप
दैनिक संवाददाता
राजविराज, १९ कात्तिक ।
बौद्धिक समाज सप्तरीले आयोजना गरेको अन्तरक्रियामा अधिकांश वक्ताहरुले जारि मधेस आन्दोलन शान्तिपूर्ण रहेको जनाउँदै आन्दोलनमा नेतृत्व पंक्तिको सक्रिय सहभागिता नरहेको आरोप लगाएका छन् ।
आन्दोलनरत मधेशवादी दल र त्यसका भातृ संगठन, स्वतन्त्र युवा, विभिन्न पेशाकर्मी, बुद्धिजिवि, पत्रकारको सहभागितामा बिहीबार राजविराजमा आयोजित अन्तरक्रियामा वक्ताहरुले मधेसवादी शक्तिहरु अहिले पनि विभाजित रहेकोले आन्दोलन अपेक्षित उचाई हासिल गर्न नसकेको प्रति आक्रोस समेत पोखे ।
आन्दोलनको अग्रपंक्तिमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आवद्ध चार दलको संर्किणताले आन्दोलनरत अन्य मधेसी दल तथा संगठनहरु एउटै मोर्चामा आउन नसकेकाले त्यसमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
वक्ताहरुले अब पनि ढिला नगरि सबै मधेसवादी दल एउटै मोर्चामा आवद्ध भई आन्दोलनलाई नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । जारि आन्दोलनमा नाकामा जारी धर्नालाई अझै सशक्त बनाई शान्तिपूर्ण किसिमले राजमार्गमा पनि धर्ना जारि राख्नु पर्ने सुझाव दिदै वक्ताहरुले मधेशी दलका शिर्ष नेताहरु समेतले सो धर्नामा सहभागि हुनुपर्नेमा जोड दिएका छन् ।
यस्तै अन्तरक्रियामा बुद्धिजिविहरुले राज्य पक्ष मधेशको माग पुरा गर्न ढिला गरे स्वतन्त्र मधेसको माग उठ्ने र त्यो राष्ट्रको लागि घातक हुने भएकोले सबै सचेत रहुन पर्ने धारण व्यक्त गरे ।
बुद्धिजिवि समाजका संयोजक अमरकान्त झाको अध्यक्षता तथा वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, मधेशी नेता कैलाश महतो, डा. बिरेन्द्र कुमार यादव, पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु कुमार मण्डल, रामगमन साह, श्याम सुन्दर मण्डल, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, प्रा. गजेन्द्र प्रसाद सिंह यादव, मधेशी नेता तेजकान्त झा, अधिकारकर्मी जंगबहादुर सिंह, फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झा, शिक्षक महासंघका जिल्ला अध्यक्ष फुलेश्वर मण्डल, बौद्धिक समाजका सचिव अनिल कुमार अनल, सदस्यद्वय सुगम्बर यादव र मिना ठाकुरले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ