News Category 2072/07/21
अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने ः अध्यक्ष भण्डारी
दैनिक संवाददाता
राजविराज, २० कात्तिक ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष सरतसिंह भण्डारीले अभि नहि तो कभि नहि यो आर पारको लडाई अधिकार प्राप्त नभएसम्म नरोकिने उदघोष गर्नुभयो ।
सप्तरीको छिन्नमस्ता गाविसस्थित सखडेश्वरी मन्दिर संरक्षण सम्बद्र्धन समितिसँगको परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो उदघोष गर्नुभएको हो । उहाँले जारी मधेश आन्दोलनलाई निर्णायक आन्दोलनसम्म पु¥याउन सप्तरीको अहम भुमिका रहेको बताउँदै संविधानको नाममा वर्तमान राज्य सत्ताले मधेशी जनताको अधिकार कटौती गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष भण्डारीले मधेशको पीडा राज्यले नबुझेका कारणले नाकाबन्दी गरेको बताउँदै उहाँले नेपालका मधेशी समुदायहरुले पनि वरावरको अधिकार पाउनुपर्नेमा जोड दिनुभयो ।
एक अर्को प्रसङ्गणमा उहाँले भारतमा गान्धि जीले अहिंसात्मक आन्दोलनबाट अधिकार पाए, त्यसैले मधेशी जनताहरुले पनि शान्तिपुर्ण आन्दोलनबाटै मधेशको अधिकार सुनिश्चितता गर्ने सकिने उल्लेख गर्नुभयो । अध्यक्ष भण्डारीले विभेद विरुद्धको यो आन्दोलन मधेशमा विगत ८३ दिनदेखि जारी रहदाँ पनि राज्यको विभेदकारी नितिका कारणले बर्षौपछि जनताको संविधान बनाउन जनताहरुको ईच्छा रहेपनि सो संविधान घोषणा हुने बित्तिकै अपाङ्ग भईसकेको आरोप लगाउनुभयो ।
उहाँले समानुपातिक समावेशि, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्नेमा विशेष जोड दिदै अब काठमाण्डौमा समेत आन्दोलन हुने उदघोष गर्नुभयो ।
उहाँले मधेशी जनताको हकअधिकार र पहिचान सुनिश्चितताका लागि छिन्नमस्ता सखडेश्वरी भगवतिसँग प्रार्थना गर्दै जारी मधेश आन्दोलनलाई माताले पुरा गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष शेखर कुमार सिंह, रामसपाका केन्द्रिय सल्लाहकार निर्जला राउत, प्रवक्ता केशब झा, रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, ललन कुमार यादव, समाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य विद्यानन्द चौधरी लगायतका बक्ताहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
त्यसैगरी माँ सखडेश्वरी कृषि सहकारी संस्था लि. छिन्नमस्ता २ सखडाको कार्यालय शुक्रबार एक समारोहबिच राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष सरतसिंह भण्डारी र छिन्नमस्ता सखडेश्वरी मन्दिर संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष राम नारायण यादव रामबाबुले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ