News Category 2072/07/21
नेकपा (माओवादी) को ४५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन
दैनिक संवाददाता
राजविराज, २० कात्तिक ।
नेकपा (माओवादी) ले जय प्रकाश यादवको संयोजकत्वमा ४५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
नेकपा (माओवादी) जिल्ला कार्य समिति सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।
आयोजित पत्रकार सम्मेलनमा जिल्ला सम्मेलन आयोजक समितिको संयोजकमा जय प्रकाश यादव, सह संयोजकद्वयमा प्रभाकर सिंह र मो.तजमुल रहेका छन ।
त्यस्तै सदस्यहरुमा भगवति प्रसाद यादव, मुकेश यादव तिलाठी, बुधेश्वर यादव, धर्मेन्द्र चौधरी, राजाराम यादव, धनिकलाल मण्डल, दिलिप यादव, बद्री नारायण माझी अमिन, जिवछ यादव, बलराम मेहता, नित्यानन्द माझी, रामकुमार मण्डल, प्रमोद यादव, उपेन्द्र यादव रम्पुरा मल्हनियाँ, गोसाई इश्वर, योगेन्द्र यादव, सिकन मण्डल, रधुनन्दन राउत लुलु, चुल्हाई यादव, बिनोद शर्मा, बैजु यादव वैजनाथ, बुधराम मण्डल, दिपेश यादव, मनोज यादव, राजदेव यादव सहितकाहरु रहेका छन ।
त्यस्तै जारी मधेश आन्दोलनलाई अझ सशक्त बनाउनका लागि सप्तरीको १ देखि ६ वटै क्षेत्रका लागि कार्य विभाजन समेत गरेको छ । जसमा सप्तरी क्षेत्र न.१ र २ मा नेकपा (माओवादी)का केन्द्रिय सदस्य छेदी यादव रंजित, क्षेत्र न. ३ र ४ मा केन्द्रिय सदस्य महेश प्रसाद यादव, ५ र ६ मा केन्द्रिय सदस्य भुलाई राम, १, २ र ३ मा उपसंयोजक प्रभाकर सिंह र क्षेत्र न. ४, ५ र ६ मा उपसंयोजक मो.तजमुल रहेका छन ।
यसैगरी क्षेत्रहरु समेत विभाजन समेत गरिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जसअन्तर्गत क्षेत्र न. १ को संयोजकमा योगेन्द्र प्रसाद यादव र उप संयोजकमा रधुनन्दन राउत, क्षेत्र न. २ को संयोजकमा धनिक लाल मण्डल, सहसंयोजकमा राजाराम यादव, क्षेत्र न. ३ को संयोजकमा वैजनाथ यादव वैजु, उपसंयोजकमा बलराम मेहता, क्षेत्र न. ४ को संयोजकमा मनोज यादव र उपसंयोजकमा राजदेव यादव, क्षेत्र न. ५ को संयोजकमा बद्रि माझी र उपसंयोजकमा राम कुमार मण्डल र क्षेत्र न. ६ को संयोजकमा प्रमोद यादव र उपसंयोजकमा बिजली यादव रहेका छन ।
त्यस्तै कार्यालय सचिवद्वयमा बुधेश्वर यादव, धर्मेन्द्र चौधरी, जनवर्गिय संगठनको संयोजकमा दिलिप यादव, युवाको जिम्मेवारीमा मुकेश यादव, प्रचार प्रसार तथा स्कुलिङ्ग विभाग भगवति प्रसाद यादव, विद्यार्थीको जिम्मेवारी दिपेश यादव र किसान संगठनको जिम्मेवारी जिवछ यादवलाई दिईएको नेकपा (माओवादी)का केन्द्रिय सदस्य महेश प्रसाद यादवले जानकारी दिनुभयो ।
साथै नेकपा (माओवादी)ले आत्मनिर्णय सहितको समग्र मधेश एक स्वायत्त प्रदेश, राज्यको हरेक निकायमा पुर्ण समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम, स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी र मधेशमा भएको पहाडी अव्यवस्थित वसाई सराईमा प्रतिवन्ध लगाउ भन्ने एजेन्डा सहित आन्दोलन गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ